बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । युक्रेनसँग सिमाना जोडिएका रुसका दुई छुट्टाछुट्टै क्षेत्रमा पुल भत्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन्। दुर्घटना शनिबार राति र आइतबार बिहान भएको हो।
ब्रायान्स्क क्षेत्रमा शनिबार राति एउटा राजमार्ग पुल रेलमार्गमाथि खस्दा त्यहाँ आइरहेको रेल दुर्घटना भयो । रुसी आपत्कालीन मन्त्रालयका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ र ६९ जना घाइते भएका छन् ।
जसमध्ये ४७ जना अस्पतालमा भर्ना छन् । घाइतेमध्ये ३ जना बालबालिका छन्, एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
रुसी रेल प्रशासनले शुरूआतमा टेलिग्राममा पोस्ट गर्दै यो दुर्घटना ‘यातायात प्रणालीमा अवैध हस्तक्षेप’का कारण भएको हुनसक्ने भने पनि पछि उक्त पोस्ट हटाइएको रोयटर्सले जनाएको छ ।
त्यस्तै, कुर्स्क क्षेत्रमा आइतबार बिहान एउटा मालवाहक जाँदै गर्दा पुल भत्किएको हो । यस घटनामा विस्तृत विवरण आउन बाँकी भए पनि सुरक्षाका दृष्टिले ठूलो क्षति भएको बताइएको छ।
यी दुवै घटना युक्रेन सिमाना नजिक भएका हुन् । ती क्षेत्रमा पछिल्लो समय युक्रेनी आक्रमणहरू भइरहेकाले दुर्घटनापछि केही रुसी नेताहरूले युक्रेनलाई ‘आतङ्ककारी क्षेत्र’ भनेर टिप्पणी गरेका छन् ।