बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । विपद् व्यवस्थापन केन्द्रको पछिल्लो रिपोर्टअनुसार शनिबारसम्म श्रीलङ्कामा खराब मौसमबाट करिब छ हजार मानिस प्रभावित भएका छन् ।
खराब मौसमका कारण एक हजार ५७९ परिवारका पाँच हजार ९७४ जना प्रभावित भएको र एक हजार ५४५ घर आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ ।
यसैबीच, श्रीलङ्काको सिलोन विद्युत् समितिले मुलुकभर भारी मनसुनी वर्षा र तीव्र हावाका कारण ५० हजारभन्दा बढी जनसङ्ख्या विद्युत् कटौतीका कारण प्रभावित भएको जनाएको छ ।
मौसम विभागले शनिबार ३० देखि ४० किलोमिटर प्रति घण्टाको गतिमा भारी वर्षा र तीव्र हावाको पूर्वानुमान गरेको छ, जुन आगामी २४ घण्टासम्म जारी रहनेछ ।
विभागले आँधीको समयमा हुने क्षति कम गर्न आवश्यक सावधानी अपनाउन पनि नागरिकहरूलाई सुझाव दिएको छ ।