बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । चीनले जापानबाट आयात गरिने समुद्री खाद्य पदार्थमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
फुकुशिमा डाइइची परमाणु ऊर्जा केन्द्रबाट समुद्रमा प्रशोधित फोहर पानी फालिएको विषयसँग सम्बन्धित रहेर लगाइएको प्रतिबन्ध अब हटाइने भएको हो।
दुवै देशबीचको सहमतिपछि अब जापानी समुद्री उत्पादनको निर्यात पुनः शुरू हुनेछ। यो सहमति शुक्रबार सार्वजनिक गरिएको हो।
जापानका प्रमुख क्याबिनेट सचिव योशिमासा हयाशीले जानकारी दिएअनुसार, निर्यात अघि जापानले चीनमा पठाउन तयार उत्पादन केन्द्रहरूको दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।
साथै, निर्यात हुने खाद्य पदार्थमा रेडियोधर्मी सेसियम र आयोडिनको परीक्षण प्रमाणपत्र, उत्पत्ति प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र संलग्न गरिनुपर्नेछ। यी मापदण्डहरू फुकुशिमाबाट पानी विसर्जन हुनु पूर्वदेखि नै लागू थिए।
हयाशीले यस सहमतिलाई ‘महत्वपूर्ण उपलब्धि’ भन्दै स्वागत गरेका जापान टाइम्सले जनाएको छ ।
उनले जापानी गाईको मासु तथा १० वटा प्रान्तका कृषि तथा समुद्री उत्पादनमा चीनले लगाएको अन्य प्रतिबन्ध हटाउन पनि जापानले दबाब दिइरहने बताए। साथै, हङकङ र दक्षिण कोरियाजस्ता अन्य मुलुकले लगाएका आयात प्रतिबन्धहरू हटाउन पनि जापानले प्रयास गर्ने जनाइएको छ।