२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा एउटा कन्टेनर जहाज डुबेको भारतीय नौसेनाले आइतबार जनाएको छ ।

केही जोखिमजन्य सामान रहेको दुर्घटनाग्रस्त जहाज लाइबेरियाली झण्डावाहक जहाज हो । 

भारतीय नौसेनाका अनुसार १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज (एमएससी इएलएसए ३) भारतीय बन्दरगाह भिझिन्जमबाट शनिबार कोच्चितर्फ जाँदै गरेको थियो । 

कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा कन्टेनर जहाज खतरनाक अवस्थामा देखिएको भारतीय नौसेनाले जनाएको छ । 

भारतीय तटरक्षक बल (आईसीजी) र नौसेनाको गस्ती डुङ्गाले जहाजमा रहेका जर्जिया, रुस, युक्रेन र फिलिपिन्सबाट आएका चालक दलका सबै २४ सदस्यलाई उद्धार गरेको छ ।

‘जहाजमा ६४० वटा कन्टेनर रहेका र तीमध्ये १३ वटामा हानिकारक कार्गो थियो भने १२ वटामा क्याल्सियम कार्बाइड थियो’, विज्ञप्तिमा भनिएको छ।
 
रक्षा मन्त्रालयले ती कन्टेनरभित्र हानिकारक कुरा के थियो भन्नेबारे केही बताएको छैन ।