२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’ ले बङ्गलादेशमा आफ्नो सेवा औपचारिक रूपमा शुरू गरेको छ ।​

स्टारलिङ्कले मङ्गलबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै ‘स्टारलिङ्कको उच्च गतिको र न्यून विलम्ब भएको इन्टरनेट सेवा अब बङ्गलादेशमा उपलब्ध भएको’ उल्लेख गरेको छ ।

बङ्गलादेश सरकारका प्रमुख सल्लाहकारका विशेष सहायक फैज अहमद तैयबले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्टारलिङ्कले बङ्गलादेशमा औपचारिक रूपमा सेवा सुरु गरिसकेको पुष्टि गरेका छन् ।​

तैयबज्यूका अनुसार, यो सेवा परम्परागत सेवाहरूको तुलनामा केही महँगो भए तापनि गुणस्तरीय, स्थायी तथा उच्च गतिको इन्टरनेटको विकल्पका रूपमा उपयोगी हुने विश्वास गरिएको छ ।

यो सेवाले गैरसरकारी संस्था, स्वतन्त्र पेशाकर्मी, नवप्रवर्तनकर्ता तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वर्षभर अवरोधरहित इन्टरनेट सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।