२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ। क्यान्सरको असर उनको हाडमा समेत फैलिएको पारिवारिक स्रोतले जनाएको छ।

८२ वर्षीय बाइडेनको पिसाबमा प्रोस्टेट नोड्यूल देखिएपछि क्यान्सर पुष्टि भएको र यसले हार्मोन–संवेदनशील लक्षण देखाएको चिकित्सकहरूको भनाइ छ। बाइडेन र उनको परिवार हाल उपचारको विकल्पहरूबारे समीक्षा गरिरहेका छन्।

उनका छोरा बो बाइडेनको पनि क्यान्सरकै कारण निधन भएको थियो।

बाइडेनका पुराना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई दुःखी बनाएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

यस्तै कमला ह्यारिसले बाइडेनलाई ‘एक लडाकु’ भन्दै क्यान्सर सामना गर्न सक्ने विश्वास व्यक्त गरेकी छन् ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो संयुक्त राज्य अमेरिकामा आठ मध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन् ।

यो रोगको प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ ।