२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन टर्कीको इस्तानबुलमा बिहीबार हुने बैठकमा सहभागी नबन्ने भएका छन् ।​ ​युक्रेन युद्धसम्बन्धी शान्ति वार्ताका लागि इस्तानबुलमा हुने बैठकमा सहभागी हुने क्रेमलिनको सूचीमा उनको नाम नपरेको पुष्टि भएसँगै उनी सो बैठकमा सहभागी नबन्ने पुष्टि भएको हो । यद्यपि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्ने प्रस्ताव राखेका थिए।​

क्रेमलिनद्वारा जारी विज्ञप्ति अनुसार, उक्त वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्नेछन्।

जेलेन्स्कीले यसअघि नै भनेका थिए कि यदि पुटिन तयार भएमा उनी शान्ति वार्तामा सहभागी हुनेछन् र प्रत्यक्ष भेटका लागि जुनसुकै प्रयास गर्न तयार रहेका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि वार्तामा सहभागी नहुने भएका छन्। मिडिया रिपोर्टहरू अनुसार, उनले पुटिन सहभागी भए मात्र आफू जाने संकेत गरेका थिए।

यसबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्की बिहीबार टर्कीको राजधानी अङ्कारा पुगेर राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग भेटवार्ता गर्नेछन्।

जेलेन्स्कीले भनेका छन्, ‘रुसबाट को आउँछ भन्ने कुरामा म प्रतीक्षा गर्दैछु, त्यसपछि मात्रै युक्रेनले कुन कदम चाल्ने भन्ने निर्णय हुनेछ। अहिलेका लागि उनीहरूबाट आएका सन्देशहरू विश्वसनीय देखिँदैनन्’, उनले बुधबार राति जारी भिडियो सन्देशमा भनेका थिए।