१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। टोकियो वरपर चल्ने नाम्बोकु लाइनको तोदाई-माए स्टेशनमा ट्रेन चढ्ने तरखरमा रहेका एक बिद्यार्थी माथि चक्कु प्रहार भएको छ। बुधवार बिहान ट्रेन चढ्न लागेका बिद्यार्थी माथि अपरिचित व्यक्तिले चक्कु प्रहार गरेको एनएचकेले जनाएको छ।

अपरिचित व्यक्तिले चक्कु प्रहार गर्न थालेपछि ट्रेन भित्रै भागिरहेका बिद्यार्थीलाइ पछ्याउदै बारम्बार उनीमाथि प्रहार गरिएको समाचारहरुमा उल्लेख गरिएको छ। आक्रमण पछि घाइते भएका २० बर्षीय बिद्यार्थीको उपचार भैरहेको छ।

आक्रमण लगत्तै प्रहरीले अभियुक्तलाइ पक्राउ गरी अनुसन्धान गरिरहेको पनि प्रहरीलाइ उदृत गर्दै एनएचकेले समाचार प्रकाशन गरेको छ। आक्रमण बारे अभियुक्तले अहिले सम्म केही नखुलाएको प्रहरीले बताएको छ।

घटना घटाउन भन्दा ३० मिनेट पहिले अभियुक्त स्टेशनमा प्रवेश गरेको खुलेको छ। उनी करिब आधा घण्टा सम्म शौचालय जाने र निस्कने गरेको स्टेसनको सिसि क्यामेरामा कैद भएको फुटेज बाट पुष्टि भएको छ।

आक्रमणको कारण खुलिनसकेको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।