बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी। भारत प्रशासित पर्यटकीय क्षेत्रमा आतंकबादीहरुको आक्रमणमा परि २६ जनाको मृत्यु भएको दुई सातापछि भारतले पाकिस्तान तर्फका नौ क्षेत्रमा मिसाइल आक्रमण गरेको छ। भारतले आक्रमण गरेपछि पाकिस्तानले पनि भारतीय सेना माथि आक्रमण गर्न थालेपछि दुई छिमेकी देशहरुबीचको तनाब बढ्दो क्रममा रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
आतंकबादीहरुको सेल्टरलाइ लक्षित गरि भारतले गरेको मिसाईल आक्रमणमा परि हाल सम्म ३१ जनाको मृत्यु भएको र पाकिस्तानले गरेको आक्रमणमा १५ भारतीयको मृत्यु भएको समाचार संचारमाध्यमहरुले प्रकाशन/प्रशारण गरेका छन्।
भारतको पहलगाममा अप्रिल २२ मा एक नेपाली सहित २६ जनाको ज्यान जाने गरि आतंकबादीहरुले आक्रमण गरेपछि भारतले त्यसको जवाफमा पाकिस्तानका विभिन्न क्षेत्रमा मिसाइल प्रहार गरेको थियो।
भारतीय रक्षा मन्त्रालयले लस्कर–ए–तैयबा, जैस–ए–मोहम्मद र हिजबुल मुजाहिद्दिनका मुख्य संरचना लक्षित आक्रमण गरेको बताएपनि पाकिस्तानले आफ्ना नागरिक माथिको आक्रमण भन्दै ‘कठोर जावाफ फर्काउने’ चेतावनी दिएको थियो।
लगत्तै पाकिस्तानले पांच भारतीय बिमान र एक ड्रोन कसालेको दाबी समेत गरेको थियो तर यसको अहिले सम्म पुष्टि हुन सकेको छैन। भारतले भने विश्वसनीय गुप्तचर जानकारीका आधारमा सर्वसाधारणको ज्यान र पूर्वाधारलाई क्षति नपुग्ने गरी ‘अपरेसन सिन्दूर’ चलाइएको बताएको छ।
पछिल्लो पटक प्राप्त विवरणहरु अनुसार पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।