१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो।

उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता पोखराले ३० लाख रुपैयाँमा चित्त बुझायो।

ललितपुरका लागि इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे। खेलको ४२औँ मिनेटमा इजाकियलले गोल गर्दै पहिलो हाफमा ललितपुरलाई १–० को अग्रता दिलाए। दोस्रो हाफको ६४औँ मिनेटमा पोखराका सुदील राईले बराबरी गोल गरे। तर, खेलको ७४औँ मिनेटमा पापा इबाउले निर्णायक गोल गर्दै ललितपुरलाई जित दिलाए।

यस पटक ललितपुर प्रतियोगिताभर अपराजित रह्यो। समूह चरणमा ३ जित र ३ बराबरीसहित १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

पोखरा थन्डर्सले समूह चरणमा २ जित, २ बराबरी र २ हारसहित ८ अंक जोड्दै प्लेअफमा पुगेको थियो।

इलिमिनेटरमा चितवन च्यालेन्जर्सलाई ३–० ले र दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको थियो।