२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् ।

इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बास्सालले एएफपीलाई भने, ‘आज बिहानदेखि भएका आक्रमणमा २० जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्, जसमा महिला र बालबालिका छन् ।’

यसपछि निकायले अर्को वक्तव्य जारी गर्दै राफाहको पूर्वी क्षेत्रमा सर्वसाधारणको समूहमाथि ड्रोन आक्रमण हुँदा थप पाँच जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले शनिबार युद्ध जारी राख्ने प्रतिबद्धता जनाउँदै बाँकी बन्धकहरूलाई उद्धार गर्ने बताएका छन् । ‘हामी युद्धको निर्णायक चरणमा छौं, अहिले धैर्य र दृढता आवश्यक छ’,  उनले भने ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले आक्रमण पुनः शुरू गरेदेखि अहिलेसम्म गाजामा कम्तीमा एक हजार ८२७ जनाको ज्यान गएको छ ।

अहिलेसम्मको युद्धमा गाजामा कुल ५१ हजार २०१ जनाको मृत्यु भइसकेको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्र सङ्घले विश्वसनीय मानेको छ ।