२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । 

इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ ।​

मृतकमा महिला र बालबालिकासहित रातभर मारिएका १५ जना छन् । अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए ।

दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिएका थिए । त्यहाँ सयौं हजार विस्थापित मानिस बसिरहेको अस्पताल कर्मचारीले बताएका छन् । इजरायलले यसलाई मानवीय क्षेत्रको रूपमा तोकेको छ ।

शवहरू ल्याइएको युरोपेली अस्पतालका अनुसार रफाह सहरमा छुट्टै आक्रमणमा एक आमा र उनकी छोरीसहित अन्य चार जनाको मृत्यु भएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित लगभग एक हजार दुई सय मानिस मारिएका थिए । साथै लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए । त्यसपछि युद्ध शुरू भयो । अधिकांश बन्धकलाई युद्धविराम सम्झौता वा अन्य सम्झौतामा रिहा गरिएको छ ।​

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । मन्त्रालयले नागरिक र लडाकूहरू बीच भिन्नता देखाउँदैन ।