बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। बिजय भण्डारी मार्फत २२ लाख तिरेर जापान आएका एक व्यक्तिको भिषा नबिकरण गर्न अध्यागमनले अस्वीकार गरिदियो। उनी जापान आएको ५ महिना सम्म कावासाकीको एक होस्टलमा राखियो, जुन होस्टल उनै भण्डारीको थियो।
सन् २०२४ फेब्रुअरी १० तारिख जापान प्रवेश गरेका उनलाई ५ महिनापछि जुलाई महिनामा टोकियोको ओवाता वार्डमा सारेपछि भण्डारीले रिसाइकलको काम लगाइदिए। जापानको अध्यागमन नियम अनुसार उनको भिषा स्टाटसले रिसाइकलमा काम गर्न मिल्दैन।
यसैक्रममा जनवरी २९ तारिख उनले अध्यागमनमा भिषा नबिकरणका लागि आबेदन दिए, तर नबिकरण भएन। नबिकरण गर्न नसक्नुको कारण अध्यागमनले सम्बन्धित व्यक्तिलाई प्रष्ट भनेको हुन्छ। तर उनलाई भाषा नआउने भएकाले भण्डारीले ‘भाषा नपुगेको’ कारणले भिषा रिजेक्ट भएको भनिदिए।
जबकि, अध्यागमनले पीडितलाइ थमाएको पत्रमा ‘नबिकरणका लागि दिएको आबेदनमा उल्लेख गरिएका बिषयहरु बिश्वास लाग्दो नभएको’ भनेर उल्लेख गरेको छ।
पिडितले जापान आउनुपूर्व पवन शुब्बा लिम्बुको खातामा पैसा डिपोजिट गरेका छन्। लिम्बु भण्डारीको नातेदार रहेको र नेपाल बाट उनलेनै काम गर्ने गरेको पिडितको भनाइ छ।
भिषा नबिकरण नभएपछि पिडित मे महिनाको ९ तारिख भित्र नेपाल फर्किसक्नु पर्ने भएकाले उनले आफ्नो लागत फिर्ता मागे। त्यसपछि भण्डारीको श्रीमती कमला भण्डारीले पाँच लाख सम्म मात्रै फिर्ता दिन सक्ने जवाफ पिडितलाइ फर्काइन।
‘भण्डारीले मलाइ पाँच लाख सम्म मात्रै फिर्ता गर्न सक्ने बताएका छन्’ क्योदाई न्यूजसंग सम्पर्कमा आएका पीडितले भने।
पीडितसंगको कुराकानी र आबश्यक प्रमाणहरु जुटेपछि क्योदाई न्यूजका प्रधान सम्पादक दीपक गौतमले आफ्नो फेसबुकमा भण्डारीको फोटो सहित स्टाटस हाले। त्यसपछि भण्डारीको श्रीमती कमला भण्डारीले गौतमलाइ फोन गरेर गालिगलोउ गरिन। जुन अडियो, क्योदाई न्यूजको अफिसियल टिकटक आइडी बाट सार्बजनिक भैसकेको छ।
उक्त अडियोमा भण्डारीकि श्रीमतीले गौतमले आफु संग पैसाको बार्गेनिङ्ग गरेको आरोप समेत लगाएकी छन्। तर गौतमले भने उनले कल गर्नुपूर्व आफुले कल मात्रै गरेको प्रमाण पेश गर्न चुनौती दिइसकेका छन्।
के छ पछिल्लो अपडेट ?
पीडितले जापान आउदा उनले लिएको २२ लाख रकम मध्ये १५ लाख सम्म फिर्ता दिए पुग्ने बताएका छन्। तर, भण्डारी पक्षले भने बढीमा सात लाख सम्म फिर्ता दिन सक्ने अड्डी कसिरहेका छन्।
‘उहाले (भण्डारीले) सात लाख सम्म मात्रै फिर्ता दिने भन्नुभएको छ’ पीडितले भने ‘मलाइ पाँच महिना सम्म काम नलगाएको र पछि लगाएको काम पनि मेरो भिषा स्टाटसले गर्न नमिल्ने रहेछ, त्यसैले १५ लाख सम्म फिर्ता गर्न अनुरोध गरेको हुँ।’