२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्वीरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ ।

द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुनि हराइरहेको देखाइएको छ ।

‘महमुदकी आमाले मलाई बताएकी सबैभन्दा कठिन कुरामध्ये एउटा के थियो भने जब महमुदलाई पहिलोपटक आफ्नो हात काटिएको महसुस भयो, उनले आमालाई भनेको पहिलो वाक्य थियो, ‘म तपाईंलाई कसरी अँगालो हाल्न सक्छु ?’, विश्व प्रेस फोटो सङ्गठनले जारी गरेको विज्ञप्तिमा अबु इलुफले भने ।

प्रतिष्ठित फोटो पत्रकारिताको ६८औं संस्करणको विजेता एक सय ४१ देशका तीन हजार सात सय ७८ फोटोग्राफरले पेस गरेको ५९ हजार तीन सय २० प्रविष्टिबाट चयन गरिएको थियो ।

‘यो एउटा शान्त फोटो हो जसले चर्को स्वरमा बोल्छ । यसले एउटा केटाको कथा बताउँछ, तर व्यापक युद्धको पनि जसले पुस्तौंसम्म प्रभाव पार्नेछ’, वर्ल्ड प्रेस फोटोका कार्यकारी निर्देशक जौमाना एल जेइन खोरीले भने ।

सन् २०२४ मार्चमा इजरायली आक्रमणबाट भाग्दा अजजोर घाइते भएको सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ ।

‘उनी आफ्नो परिवारलाई अगाडि बढ्न आग्रह गर्न फर्किएपछि, एउटा विस्फोटले उनको एउटा हात काटिदियो र अर्कोलाई क्षतविक्षत पारिदियो’, वर्ल्ड प्रेस फोटो साइटेशनले भनेको छ ।

‘यस युवा बालकको जीवन बुझिने योग्य छ र यो तस्वीरले महान फोटोपत्रकारिताले के गर्न सक्छ भन्ने देखाउँछ स् एक जटिल कथामा तहगत प्रवेश विन्दु प्रदान गर्ने र त्यो कथासँगको भेटलाई लम्ब्याउने प्रोत्साहन’, निर्णायक समितिकी अध्यक्ष लुसी कोन्टिसेल्लोले भनिन् ।

कोन्टिसेल्लो फ्रान्सेली पत्रिकाले मोन्डेको साप्ताहिक पत्रिकाकी फोटोग्राफी निर्देशक भनिन् ।