२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । नाइजेरियाको प्लेटो राज्यमा आइतबार राति अज्ञात समूहले दुई गाउँमा आक्रमण गर्दा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । रेडक्रसले दिएको जानकारी अनुसार २२ जना घाइते भएका छन् र पाँचवटा घरहरू जलेका छन् ।

आक्रमण बास्सा जिल्लाको जिके र किमाक्पा गाउँमा भएको हो । केही दिन अघि मात्रै सोही राज्यको अर्को क्षेत्रमा यस्तै आक्रमणमा ४८ जनाको ज्यान गएको थियो ।

एक स्थानीय बासिन्दाले भने, ‘हामीलाई नचिनेका व्यक्तिहरू आएर गोली चलाउन थाले । धेरै मानिस मारिए ।’​

प्लेटो राज्यमा किसान र गोठालाबीचको भूमिसम्बन्धी झगडा तथा जातीय र धार्मिक मतभेदका कारण यस्ता हिंसात्मक घटना भइरहन्छन् ।

राज्य सरकारले यस घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ ।

धार्मिक र जातीय द्वन्द्वले बढाएको हिंसा

प्लेटो राज्यमा विभिन्न जातीय र धार्मिक समुदायबीच द्वन्द्व भइरहने गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार भूमि र स्रोतको अभावले गर्दा द्वन्द्वलाई थप जटिल बनाएको छ ।

प्रहरीको कमजोरी र अपराधीहरूको उन्मुक्तिले हिंसापछि बदला लिने प्रवृत्तिलाई पनि बढाएको छ ।