बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । गाजाको केन्द्रीय शहर डिर अल–बलाहमा आइतबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।
विभागका प्रवक्ता महमूद बसालले जानकारी दिँदै भने, ‘एक सवारीसाधनमा गरिएका आक्रमणमा सात जनाको मृत्यु भएको छ, जसमा छ जना एउटै परिवारका थिए । घाइते भएकाहरूलाई डिर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा उपचारका लागि लगिएको छ ।’
प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली विमानले सवारीसाधनमा मिसाइल प्रहार गर्दा गाडीमा आगलागी भएको थियो ।
यस घटनाबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यस्तै, डिर अल–बलाह नगरपालिकाको भवनमा गरिएको अर्को हवाई आक्रमणमा थप तीन जनाको ज्यान गएको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले यो आक्रमण पुष्टि गरेको छ ।
इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले भने, ‘हमासको कमान्ड केन्द्र लक्षित गरी आक्रमण गरिएको हो, जहाँ हमासका धेरै सदस्यहरू उपस्थित थिए ।’
स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ देखि इजरायलले पुनः सैन्य कारवाही सुरु गरेयता गाजामा एक हजार ५७४ जनाको मृत्यु भइसकेको छ भने चार हजार ११५ जना घाइते भएका छन् ।