१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले जापानी भाषा निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

जापानमा रहेका नेपाली विद्यार्थीको भाषागत क्षमताको विकासमा टेवा पुर्र्याउने उद्देश्यका साथ निबन्ध (साकुबुन) लेखन प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता मार्फत् वीरगञ्ज कृषि औजार कारखानालाई समेत सहयोग गर्ने कार्यक्रम संयोजक सागर थापा बगालेले बताए । प्रतियोगितामा जापानी भाषा विद्यालय, भोकेसनल विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीले सहभागिता जनाउन सक्ने बगालेले जानकारी दिए ।

निबन्ध लेखन प्रतियोगिताका लागि विषयवस्तुको छनोट स्वतन्त्र रहेको छ । विषयवस्तुको छनोट गर्दा राजनीतिक, धार्मिक, सामाजिक आस्था माथि प्रहार हुने विषयवस्तु समेट्न नपाइने उनले बताए ।

प्रतियोगिले आगामि अप्रिल १ तारिखदेखि १० तारिखसम्म मोना जापानलाई मेल मार्फत् आवेदन दिन सक्ने आयोजकले जनाएको छ । मेलमा आफ्नो नाम, सम्पर्क नम्बर, नेपाल र जापानको ठेगना साथै जापानमा अध्ययनरत् विद्यालयको नामसहित आफ्नो निबन्ध (साकुबुन) पडिएफ मार्फत् पठाउनु पर्ने छ । उक्त साकुबुन ६ सय देखि ८ सय शब्दसम्मको हुनु पर्ने छ ।

प्रतियोगिको आवेदहरु मार्फत् निर्णयक समितिले उत्कृष्ट ५ जनालाई छनोट गर्ने मोना जापान क्षेत्रीय समिति नागोयाका सचिव सागर भण्डारीले जानकारी दिए । भौतिक कार्यक्रम नागोयामा हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख जापानी येन, द्धितीय हुनेले ७० हजार येन र तृतीय हुनेले ५० हजार येन नगद पुरस्कार साथै प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । साथै भौतिक सहभागीका लागि छनोट भएर टाढाबाट आउने विद्यार्थीलाई आयोजक समितिले यातायात खर्च स्वरुप २० हजार जापानी येन उपलब्ध गराउने जनाएको छ ।