१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । शनिबार जापान, चीन र दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञबीच त्रिपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि तीनै मुलुकको साझा जिम्मेवारी रहेको पुष्टि गरिएको छ। साथै, आणविक निःशस्त्रीकरणको लक्ष्य दोहोर्याइएको छ।

दक्षिण कोरियाका विदेशमन्त्री चो ताइ–युलले उत्तर कोरियाले रूससँग गरेको सैन्य सहयोग अवैध रहेको बताउँदै तत्काल रोक्नुपर्नेमा जोड दिए। जापानी विदेशमन्त्री ताकेशी इवायाले क्षेत्रीय स्थिरता तथा त्रिपक्षीय सहकार्यलाई सुदृढ गर्नुपर्ने बताए। चिनियाँ विदेशमन्त्री वाङ यीले सहकार्य मजबुत बनाउनु नै साझा जोखिमको सामना गर्न प्रभावकारी उपाय भएको उल्लेख गरे।

बैठकमा उत्तर कोरियाको सैन्य गतिविधि, रूससँगको उसको सम्बन्ध, युक्रेन युद्ध, जलवायु परिवर्तन, व्यापार, तथा विपद् राहत जस्ता विषयमा छलफल भएको थियो। जापानी कूटनीतिज्ञ इवायाले युक्रेनको वर्तमान अवस्थाबारे अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, जापान र दक्षिण कोरियामाथि व्यापार कर लगाएको सन्दर्भमा कुनै पनि मन्त्रीले प्रत्यक्ष रूपमा प्रतिक्रिया नजनाए पनि, तीनै देशले आर्थिक सहकार्यलाई सुदृढ गर्नुपर्ने आवश्यकता महसुस गरेका छन्।

तीनै मुलुकका नेताहरूले आगामी त्रिपक्षीय शिखर सम्मेलनका लागि समन्वय गर्न सहमति जनाएका छन्। जापान र चीनबीच छ वर्षपछि पहिलोपटक ‘उच्चस्तरीय आर्थिक संवाद’ गर्ने निर्णय पनि बैठकमा भएको छ।

विश्लेषकहरूका अनुसार अमेरिकासँगको व्यापार तनावबीच चीनले अन्य शक्तिराष्ट्रसँग सम्बन्ध सुधार गर्न सक्रियता देखाइरहेको छ। यस त्रिपक्षीय संवादलाई पछिल्लो परिस्थितिमा उच्च महत्वको रूपमा हेरिएको छ।