१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। जापानको चिबा स्थित ग्योतोकुबाट करोडौं लिएर फरार भएका नवलपुर जिल्लाका योगेन्द्र कुमार अर्याल अझै सम्पर्कमा आएका छैनन्।

उनी विभिन्न व्यक्तिहरुबाट करोडौं रकम लिएर गत ११ तारिख देखि फरार भएका हुन्। क्योदाई न्यूजलाइ प्राप्त जानकारी अनुसार अर्यालले मार्च ११ तारिख एअर इंडिया मार्फत नेपाल जानका लागि टिकट काटेका थिए।

हामीलाई प्राप्त टिकटमा उल्लेख गरिएको समय तालिका अनुसार उनि मार्च ११ तारिख दिउसो १२:३० बजे नारिता विमानस्थल बाट उड्नु पर्ने थियो। त्यसपछि बेलुका १८:५५ बजे भारतको इन्दिरा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेर भोलिपल्ट १२:४५ मा नेपालका लागि उड्ने तालिका थियो।

‘फरार भएका अर्याल भारत ओर्लिएर त्यहिँ लुकेर बसेको हाम्रो अनुमान छ’ एक पिडितले भने ‘नेपालको सुरक्षा निकायसंग कुरा गर्दा उनी उक्त बिमान मार्फत नेपाल प्रवेश नगरेको जानकारी पाएका छौं।’

उनी भारतमै लुकेर बसेको आशंकामा आबश्यक सूचनाहरु संकलन गर्ने काम भैरहेको पनि पीडितहरुले बताएका छन्।