बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
जापान। जापानको चिबा स्थित ग्योतोकु बस्दै आएका एक ३५ बर्षीय नेपाली करोडौं रकम लिएर फरार भएका छन् । नवलपुर (पूर्व) जिल्ला बिनय त्रिबेणी गाउँपालिका वार्ड नम्बर ६ स्थायी ठेगाना भएका योगेन्द्र कुमार अर्याल विभिन्न व्यक्तिहरु बाट करोडौं रकम उठाएर केही दिनदेखि फरार भएका हुन्।
पिडितहरुले दिएको जानकारी अनुसार उनले विभिन्न व्यक्तिसंग झन्डै १२ करोड रकम संकलन गरेका थिए। ‘आपत पर्र्यो दाइ भन्दै पैसा मागेपछि मैले १६ लाख नगद दिएको थिए ‘ क्योदाई न्यूजसंग सम्पर्कमा आएका एक पिडितले भने ‘एक दुइदिनमा दिन्छु भनेको मान्छे अहिले फरार भएको छ।’
पिडितहरुले उनका आफन्तहरुसंग गरेको कुराकानी अनुसार अर्याल ११ तारिख नारिता विमानस्थलबाट भारतको न्यू दिल्लीका लागि प्रस्थान गरेका छन्। उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका हुन् या भारतमै बसिरहेका छन् भन्ने खुलेको छैन।
फरार रहेका अर्यालले २० देखि ३० जना व्यक्तिसंगबाट करिब १२ करोड भन्दा बढी संकलन गरेको पिडितहरुले बताएका छन्। ‘हामी हिजो भेला भएका पिडितहरुको मात्रै १० करोड भन्दा माथिको रकम छ’ एक पिडितले भने ‘त्यो बाहेक पनि अरु थुप्रै व्यक्तिहरुसंग उसले पैसा असुलेको पाइएको छ।’
उनलाई नारिता विमानस्थल सम्म उनकै भाइ दिनेश अर्यालले पुर्र्याएको पनि पिडितहरुको भनाइ छ। अर्यालले आफुहरुलाइ ठगी गरेको भन्दै पिडितहरु प्रहरीमा उजुरी दिने तयारीमा रहेको पनि पिडितहरुले जानकारी दिएका छन्।
यस बिषयमा फरार भएका भनिएका अर्यालसंग कुरा गर्नका लागि विभिन्न माध्यमबाट प्रयास गर्दा पनि सफल हुन सकेको छैन। उनले ग्योतोकुमा अलामदेबी भन्ने कम्पनी खोलेर सोही ठाउमा डाँफे नामक रेस्टुरेन्ट संचालन गर्दै आइरहेका थिए।