बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल पत्रकार महासंघले क्योदाई न्यूजका प्रधान सम्पादक दीपक गौतमलाई भौतिक आक्रमणको धम्की दिनेलाई कारबाहीको माग गरेको छ ।
प्रधान सम्पादक गौतमलाई केबीएल इन्टरनेसनल कम्पनीका अध्यक्ष कुमार कार्कीले समाचारको विषयलाई लिएर दिएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महासंघले कारबाहीको माग गरेको हो ।
कुमार कार्कीको कम्पनीले नक्कली सीओई बनाएर नेपालबाट जापान मान्छे पठाउने गरेको विषयमा क्योदाई न्यूजमा समाचार प्रकाशित भएको थियो ।
यही समाचारलाई लिएर फागुन १२ गते सोमबार अध्यक्ष कार्कीले सामाजिक सञ्जालमार्फत गालीगलौज गर्दै पत्रकार गौतमलाई भौतिक कारबाहीको धम्की दिएका थिए ।
महासंघले प्रकाशित समाचारप्रति असहमति वा गुनासो रहे कानूनी बाटो अपनाउन सकिने हुँदा पत्रकारलाई यसरी धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ ।
महासंघले प्रेस स्वतन्त्रता विरोधी यो कार्यको कडा भर्त्सना गर्दै धम्की दिने व्यक्तिमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन र पत्रकारहरूको सुरक्षित वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
यसअघि नेपाल पत्रकार महासंघ, जापान शाखालगायतले पनि क्योदाई न्यूजका प्रधान सम्पादक गौतमलाई आक्रमणको धम्की दिनेलाई कारबाहीको माग गर्दै घटनाको भर्त्सना गरेका थिए ।