बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानका प्रत्येक छ जनामध्ये मात्र एक जनासँग वैध राहदानी रहेको छ।
जापानको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२४ को डिसेम्बरसम्म कुल २ करोड १६ लाख जापानी राहदानी प्रचलनमा थिए, जसले कुल जनसङ्ख्याको करिब १७.५ प्रतिशत मात्र ओगट्छ।
यो अनुपात छिमेकी दक्षिण कोरियाको करिब ६० प्रतिशतभन्दा निकै कम हो भने अमेरिकामा राहदानी लिएका नागरिकको सङ्ख्या यसको दोब्बरभन्दा बढी छ। यद्यपि, सन् १९९० मा मात्र ५ प्रतिशत जापानीसँग राहदानी भएको तथ्याङ्कलाई हेर्दा यो दर भने सुधारिएको देखिन्छ।
कोभिड–१९ महामारीअघि करिब २५ प्रतिशत जापानीसँग वैध राहदानी थियो। महामारीपछि अन्तर्राष्ट्रिय यात्रा पुनः सामान्य भए पनि येनको अवमूल्यनका कारण जापानी नागरिकहरू विदेश जान हिच्किचाइरहेका छन्।
विगत पाँच वर्षमा जापानी येनले आफ्नो मूल्यको झन्डै एक तिहाइ हिस्सा गुमाइसकेको छ, जसले मुद्रास्फीति बढाएर विदेशी यात्रालाई महँगो बनाएको छ।
तर जापानले भने पर्यटक आगमनमा उच्च वृद्धि देखेको छ। सन् २०२३ मा मात्रै ३६ करोडभन्दा बढी विदेशी पर्यटक जापान आएका थिए, जसमा क्योटो जस्ता स्थानहरू विशेष रूपमा आकर्षणको केन्द्र बनेका थिए ।
जेटीबी ट्राभल एजेन्सीका अनुसार सन् २०२५ मा करिब १ करोड ४१ लाख जापानी नागरिकले विदेश भ्रमण गर्ने अनुमान गरिएको छ।
सरकारी अध्ययनअनुसार एकपटक मुद्रा बजार स्थिर भएपछि जापानी नागरिकहरूको अन्तर्राष्ट्रिय यात्राले पुनः गति लिने अपेक्षा गरिएको छ।