बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जङ्गली जनावरसँग मानव मुठभेडका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले शहरी क्षेत्रमा छिरेका भालुलाई आपतकालीन अवस्थामा गोली हान्न पाउने विधेयक अनुमोदन गरेको छ।
सन् २०२४ को अप्रिलसम्मको एक वर्षमा भालुको आक्रमणबाट २१९ जना घाइते भएका थिए भने छ जनाले ज्यान गुमाएका थिए। जलवायु परिवर्तनका कारण भालुको प्राकृतिक आहारामा असर परेपछि उनीहरू बारम्बार शहर छिर्दै आक्रमण गर्ने क्रम बढेको छ।
सरकारले संशोधित वन्यजन्तु संरक्षण तथा व्यवस्थापन कानून अन्तर्गत आपतकालीन अवस्थामा भालु मार्न अनुमति दिने व्यवस्था गरेको हो।
प्रशासनिक ढिलाइका कारण जङ्गली जनावरको आक्रमणबाट मानव जीवन जोखिममा परेको भन्दै व्यापक गुनासोपछि सरकारले यस्तो निर्णय लिएको हो।
हालसम्म आवासीय क्षेत्रमा भालु वा बँदेलजस्ता जनावर मार्न निषेध थियो।
प्रहरीबाट अनुमति नपाएसम्म गोली हान्न नपाइने व्यवस्था थियो। नयाँ विधेयक आगामी महिनामा संसद्मा पेश गरी शरद ऋतुअघि नै लागू गरिने सरकारी अधिकारीहरूले बताएका छन्।
गत डिसेम्बरमा उत्तरी जापानको एक सुपरमार्केटमा भालुले दुई दिनसम्म आतंक मच्चाएको थियो। यस्तै, सन् २०२४ को अप्रिलसम्मको एक वर्षमा मात्र जापानमा नौ हजारभन्दा बढी भालु मारिएको तथ्यांक छ।