बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापान सरकारले बढ्दो मूल्यवृद्धिको असर कम गर्न आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने घोषणा गरेको छ।
सरकारले यसअघि ठूला भूकम्प जस्ता आपत्कालीन अवस्थामा मात्र चामल भण्डार प्रयोग गरेको थियो। तर, वितरणमा अवरोध आएपछि यस्तो निर्णय लिइएको यो पहिलो पटक हो।
सन् २०२३ मा अत्यधिक गर्मीका कारण चामल उत्पादनमा कमी आएपछि माग बढेको थियो, जसका कारण मूल्य निरन्तर उकालो लागेको हो।
जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी लहरले जापानलाई समेत प्रभावित पार्दै आएको छ।
कृषिमन्त्री टाकु इटोका अनुसार सरकारको १० लाख टन आपत्कालीन भण्डारबाट २ लाख १० हजार टन चामल जारी गरिनेछ। उनले वितरण प्रणालीलाई स्थिर बनाउने उद्देश्यले सरकारले यो कदम चालेको बताए।
सरकारले शरद ऋतुमा नयाँ फसल भित्रिएपछि मूल्य स्थिर हुने आशा गरेको थियो, तर वृद्धि जारी रहेपछि आपत्कालीन भण्डार प्रयोग गर्ने निर्णय गरिएको हो।