३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । मालीका सैनिक र रुसको वाग्नर भाडाका सैनिकको सुरक्षामा रहेको गाडीहरूको एक समूहमाथि भएको सन्दिग्ध जिहादी आक्रमणमा परी मालीको उत्तरी क्षेत्रमा ३२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

उत्तरी शहर गाओ र एन्सोन्गोबीच शुक्रबार उक्त आक्रमण भएको प्रहरीले जनाएको छ ।

शुरूमा १० जनाको मृत्यु भएको भनिए पनि केही समयपछि मृतक सङ्ख्या ३२ पुगेको जानकारी मालीका सुरक्षा अधिकारीले जनाएका छन् । ​

गाओस्थित एक अस्पताल स्रोतले भन्यो, ‘घटनास्थलबाट हामीकहाँ ३० भन्दा बढी मृत शरीर आएका छन् ।’ 

नाम नबताउने सर्तमा एक स्थानीय अधिकारीले एएफपीसँग भने, ‘जिहादीहरूले मालीका सैनिक र वाग्नर भाडाका सैनिकहरूको सुरक्षामा रहेको नागरिक काफिलामाथि आक्रमण गरेका थिए।’

उनले भने, ‘मृत्यु हुनेहरूमा सर्वसाधारण र सैनिकहरू पनि छन्।’

एक मेडिकल स्रोतका अनुसार मृतक र घाइतेमध्ये धेरैलाई उत्तरी मालीको मुख्य शहर गाओमा सारिएको छ ।