Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025
Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote
100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung
PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen
Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026
Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben?
Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten
Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten
Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen
Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen
Casino Prämie exklusive Einzahlung 2025
In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen
Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor
Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode
Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter
Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren
Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail!
Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote
Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren
Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC
टोकियो। केही दिन अघि साँझपख सन् २०२३ को अन्त्यतिर जापान पर्बेश गरेका एक युवाले क्योदाई न्यूजलाइ फोन गरेर आफ्नो भिषा ‘रिजेक्ट’ भएको सुनाए।
जापानको अध्यागमनले भिषा दिन नमिले वा भैराखेको भिषा रद्द गर्न परेमा अथवा नबिकरण गर्न नसकिने खण्डमा सम्बन्धित व्यक्तिलाई कारणहरु प्रष्ट खुलाएको हुन्छ।
त्यसपछि उनलाई हामीले कारणहरु बारे सोध्दा आफुलाई जापान ल्याउने एजेन्टले उपलब्ध गराएका कागजपत्रहरु हामीलाई ‘इमेल’ गरे। उनले उपलब्ध गराएको सम्झ्यौता पत्रमा उल्लेख गरिएको कम्पनीको मुख्यालय टोकियोको मिनातो सिटीमा छ भने, हानेदा र नारिता विमानस्थलमा उसका शाखाहरु छन्। जहाँ दुइ सय भन्दा बढी नेपालीले काम गर्दछन।
उक्त कम्पनीको पृष्ठभूमि बारे क्योदाई न्यूज पहिले देखिनै जानकार थियो। त्यसैले पनि कहीं कतै ‘कैफियत’ भएको बुझ्न हामीलाई कठिन भएन। त्यसपछि २७ बर्षीय ति युवालाइ जापान ल्याउन ‘एजेण्ट’ को भूमिका खेलेको SHITAL&NIL कम्पनीका कर्मचारी (हाल उक्त कम्पनी छोडिसकेका छन) सिताराम भट्टलाइ सम्पर्क गरेर बुझ्न खोज्यौँ।
उनले सबै कुरा त्यहि भाइलाइ थाह भएकाले उसैसंग बुझ्न भने। ‘यो बिषयको सबै जानकारी त्यहि भाइलाइ छ, उसलाई सोध्नु’ उनले भनेका थिए । त्यसपछि आइतवार बेलुका SHITAL&NIL कम्पनीका सीइओ सुनिता श्रेष्ठ फोन सम्पर्क गरेर भने ‘त्यो भाइको काम उक्त कम्पनी संगको सल्लाहमै भएको हो तर उसको जापानी भाषा राम्रो नभएकाले कम्पनीले राख्न नमानेको हो।’
बिधिसम्बत काम हुन्थ्यो भने पहिला कम्पनीले अन्तर्वार्ता गरेपछि केही चरण पार गरेर मात्रै भिषा आबेदनको प्रक्रिया अघि बढ्नुपर्ने थियो। खासगरी कम्पनीले पहिला अन्तर्वार्ता गरेपछि उक्त कम्पनीका लागि सो व्यक्ति योग्य भएको खण्डमा भिषा प्रक्रिया अघि बढाइन्छ। तर, SHITAL&NIL कम्पनीले त्यसो गरेन।
पहिला आफुसंग भएका उक्त कम्पनीका कागजपत्रहरु आफूखुसी अध्यागमनमा पेश गर्र्यो र सीओइ आएपछि ति युवालाई जापान बोलाएर सोही कम्पनीमा अन्तर्वार्ताका लागि छिरायो। यदि त्यो कम्पनीले ति युवालाई काममा राखेका भए कागजपत्र दुरुपयोग गरेर जापान ल्याइएका उनलाई त्यहि ‘सेटल’ गर्न SHITAL&NIL कम्पनी सफल हुन्थ्यो।
दुर्भाग्यबश, कागजपत्रको दुरुपयोग गरेर जापान ल्याइएका उनलाई ‘प्रक्रियामा प्रवेश’ गराउने काम असफल भयो र यो घटना ढिलो गरी बाहिरियो।
‘हामीले सबै प्रक्रिया पुरा गरेर उ जापान आइसकेपछि उक्त कम्पनीमा (नारितामा रहेको) अन्तर्वार्ताका लागि लागेका थियौं’ श्रेष्ठले भने ‘तर कम्पनीले भाषा नपुगेको भन्दै राख्न मानेन।’
कागजपत्र दुरुपयोग भएको कम्पनीद्वारा पुष्टी
टोकियोको उक्त कम्पनीले भने ति व्यक्तिका लागि सिओइ अपलाई गर्नका लागि कुनै कागजपत्र नबनाएको दाबी गरेको छ।
‘हामीलाई जानकारी गराइदिनु भएकोमा धन्यवाद, उक्त व्यक्तिको भिषा आबेदनका लागि हामीले कुनै प्रक्रिया अघि बढाएका छैनौ’ कम्पनीमा नयाँ कामदार नियुक्त गर्ने ति व्यक्तिले भने ‘आज भोलि न्युखान (अध्यागमन) बाट भिषा अपलाई गरेको हो कि होइन भनेर किन सोधिरहेको छ भनेको त कारण यस्तो रहेछ।’
उनका अनुसार टोकियोको अध्यागन बाट आजभोलि यो व्यक्तिको भिषा अप्लाई गरेको हो कि होइन भनेर सोध्ने गरेको छ। ‘पहिला यस्तो हुनेथिएन, अहिले अध्यागमन बाट धेरै फोन आइरहेको छ’ उनले भने ‘हामीलाई पनि कम्पनीको कागजपत्र दुरुपयोग भएको हुनसक्ने थप आशंका लागेको छ।’
कम्पनीलाइ थाह नदिइ के कति व्यक्तिको भिषा अप्लाई गरिएको छ त्यो बुझ्ने प्रयास भैरहेको उक्त कम्पनीले जनाएको छ।
कसरी बाहिरियो घटना ?
टोकियोमा मुख्यालय भएको उक्त कम्पनीको नारिता शाखामा काम गर्ने भनेर २०२३ नोभेम्बरको १७ तारिख जापान प्रवेश गरेका उनलाई साइतामाको फुजिमीनो सिटीमा लगियो।
त्यसपछि तीन महिना सम्म बेरोजगार भएका उनलाई SHITAL&NIL कम्पनीका कर्मचारीहरुले सन् २०२४ मार्च महिनामा गुम्बा प्रिफेक्चरमा स्थान्तरण गरे। त्यहिको एक कम्पनीमा रुखहरु काट्ने काम गरिरहेका उनको भिषा नबिकरण गर्न अध्यागमनले अस्विकार मात्रै गरेन, पासपोर्टमा ३० दिनको भिषा हानेर सो अबधि भित्र स्वदेश फर्किन भन्यो। उनलाई अध्यागमनले ३० दिनको भिषा दिएपछि यो प्रकरण बाहिरिएको हो।
‘मलाइ एउटा कम्पनीमा काम गर्ने भनेर अर्को कम्पनीमा लगिएको र रितपूर्वक अध्यागमनमा जानकारी गराउनु पर्नेमा त्यो पनि नभएकाले नेपाल जान भनिएको हो’ पीडित युवाले क्योदाई न्यूजसंग भने।

SHITAL&NIL कम्पनीका तत्कालिन कर्मचारी सिताराम भट्टले भने बमोजिमका बैंक खातामा बिभिन्न मितिमा गरेर १० लाख तिरेको ति युवाले बताएका छन्। ‘भाइ यो अकाउण्टमा ४ लाख र लक्ष्मी श्रेष्ठको अकाउण्टमा ४ लाख हालिदिनु’ भट्टले ति युवालाई पठाएको म्यासेजमा भनिएको छ।
त्यसपछि ति युवाले लक्ष्मी श्रेष्ठको खातामा २०२३ जुन १६ गते १ लाख, सेप्टेम्बर ३ तारिख २ लाख (दुइ पटक), अक्टुबर ५ तारिख १ लाख त्यसैगरी दिलमाया उप्रेतीको खातामा २०२३ सेप्टेम्बर २३ र २९ तारिख २/२ लाखका दरले पैसा डिपोजिट गरेका छन्। (हे.त)

किन हुन्छ भिषा रद्द ?
केही दिन अघि नक्कली सिओइ मार्फत जापान प्रवेश गरेका एक युवालाइ अध्यागमनले भिषा रद्द गरी नेपाल फिर्ता पठाइदियो। त्यसैगरीनै जापान प्रवेश गरेका अरु दुइ जना युवाहरु अध्यागमनले भिषा रद्द गरेपछि बिगत १० दिन देखि ओकिनावाको प्रहरी हिरासतमा छन्।
खासगरी एकातिरको कम्पनी भनेर आउने अनि त्यो कम्पनीमा प्रवेश नगरी अरुनै क्षेत्रमा गएर काम गर्ने गरेका व्यक्तिहरु अध्यागमनको निगरानीमा परेको हुनसक्ने लामो समयदेखि जापानमा रही प्रवासी कामदार सम्बन्धी जापानका विभिन्न स्थानीय निकायका समितिहरुमा रहेर काम गर्दै आएका बस्दै आएका डा. भूपालमान श्रेष्ठको बुझाइ छ।
‘चिबाको कम्पनीका लागि मान्छे ल्याएर काम गर्न ओकिनावा पठाउदा रहेछन’ श्रेष्ठ भन्छन ‘यसलाई लिगल मान्न सकिदैन, त्यसैले धमाधम नेपालीहरुको भिषा रद्द भएको हुनसक्छ।’
पछिल्लो पटक कागजपत्रको दुरुपयोग बढ्दा कतिपय कम्पनीले आफ्नो कम्पनीमा कामदार आएकोनै थाह पाउदैनन। बिचौलियाहरुले आफूखुसी ल्याएका मान्छेहरुलाइ जुन कम्पनीमा भनेर ल्याएको हो त्यो कम्पनीले प्रवेश गराउदैन।
कुनै कम्पनीमा प्रवेश नगरेको मान्छेलाइ काम छोडेको कागजपत्र दिने कुरा पनि भएन। काम छोडेको कागजपत्र नहुने र भिषा स्टाटसको दायरा भन्दा बाहिर गएर काम गर्दा यस्तो समस्या उत्पन्न भैरहेको छ।
यस्तो अबस्थामा न काम छोडेको जानकारी अध्यागमनलाइ हुन्छ न त नया काम प्रवेश गरेको, थाह हुन्छ त केवल ठेगाना परिवर्तन गरेको। जुन कम्पनीमा भनेर आएको हो त्यहाँ प्रवेश नगरेको, ठेगाना मात्रै परिवर्तन गरेको तर नया कम्पनीमा काम सुरु गरेको जानकारी अध्यागमनमा नगराएको, भिषा स्टाटसको दायरा भन्दा बाहिरको काम गर्ने गरेको लगायतका कारणले भिषा रद्द हुने गरेको श्रेष्ठ बताउछन।