१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गैरआवासीय नेपाली व्यवसायी र समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतका सय प्रभावशाली व्यक्तिहरूमा समावेश भएका छन्।

बेलायतको अवार्ड इन्टेलिजेन्सले प्रत्येक वर्ष चयन गर्ने यस सूचीमा कटुवाललाई सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि स्थान दिइएको हो।

कटुवालले अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना खुवाएका छन्। साथै, उनले पूर्वबेलायती सैनिकहरूको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ ६ हजार माइलको पैदल यात्रा गरेका छन्। यो मानवीय सेवाका कारण उनलाई सूचीमा समेटिएको हो। 

यो सूचीमा समाजसेवी, सरकारी अधिकारी, प्रोफेसर, चिकित्सकजस्ता विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू छन्।  

कटुवाल लन्डनको पानस गोर्खा रेस्टुरेन्टका सञ्चालक हुन्। साथै, उनले परोपकारी संस्था कम्ब्याट स्ट्रेसको सहयोगार्थ दुईपटक ६ हजार माइल पैदल यात्रा गरेका छन्। यो संस्थाले पूर्वसैनिकहरूलाई मानसिक स्वास्थ्य सेवा दिन्छ।  

कोरोना महामारीका बेला उनले संकटमा परेकालाई निःशुल्क खाना उपलब्ध गराए। कटुवालले सञ्चालन गरेको पानस हेल्पिङ ह्यान्डस् च्यारिटीमार्फत एक लाखभन्दा बढी स्वास्थ्यकर्मी र घरविहीनलाई खाना खुवाएका थिए। यसका लागि उनलाई सिटी अफ लन्डनबाट फ्रिडम अफ द सिटी अफ लन्डन अवार्ड प्रदान गरिएको थियो।  

नेपालको विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत गएका थिए। उनका योगदानका लागि प्वाइन्ट्स अफ लाइट अवार्ड पनि प्रदान गरिएको छ।