बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। चर्को रकम असुलेर नेपालीहरुलाई जापान पठाउने गरेका कुमार कार्कीले कागजपत्र समेत नक्कली गराउने गरेको खुलेको छ। उनले जापान पठाएका व्यक्तिहरुलाइ जापानको अध्यागमन बिभागले धमाधम ‘डिपोट’ गर्न थालेपछि यो तथ्य बाहिरिएको हो।
कार्कीले नक्कली सिओइ बनाएर पिडितहरुलाई पठाउने गरेको पछिल्लो पटक हामीलाइ प्राप्त कागजपत्रहरुबाट पुष्टि हुन्छ। ‘कुनै पनि व्यक्तिको सिओइ नम्बर एउटै हुँदैन’ अध्यागमन बिभागका अधिकारीले भने ‘यदि कसैको सिओइ नम्बर एउटै छ भने यो शंकास्पद हुन्छ।’
त्यसोभए सिओइको नम्बर एउटै भएका व्यक्तिहरुको भिषा दुतावासले कसरी जारी गर्र्यो त ? भन्ने प्रश्नमा अध्यागमनले भन्यो ‘दुतावासले कसरी गर्र्यो भन्ने कुराको जवाफ विदेश मन्त्रालयले देला, यो हाम्रो क्षेत्राधिकार भित्रको कुरा होइन।’
यता जापानको विदेश मन्त्रालयले भने भिषाको जजमेन्ट गर्ने काम विदेशमा रहेका दुतावासहरुको भएकाले के कारणले यस्तो भैरहेको छ जवाफ दिन कठिन हुने प्रतिक्रिया दिएको छ।
यता यसरी जापान प्रवेश गरेका नेपालीहरुलाई भने जापानको अध्यागमनले भिषा रद्द गरिदिन थालेको छ। ‘म साइतामा बाट काम गर्नका लागि ओकिनावा गएको थिएँ, अध्यागमनले बोलाएर भिषा रद्द गरिदियो’ भिषा रद्द भएका एक पीडितले भने।
कुमार कार्कीले जापान पठाएका व्यक्तिहरुलाइ रिसिभ गरेर आरके सुनारले साइतामा लगेर राख्ने गर्दथे। आरके सुनारले प्रतिव्यक्ति १० लाख लिने गरी कार्कीसंग मिलेर काम गर्ने गरेको यसअघि हामीसंगको कुराकानीमा स्वीकार गरिसकेका छन्।
आज मात्रै अध्यागमनले २ जना नेपालीलाइ बोलाएर भिषा रद्द गरिदिएको छ। ‘हामी अन्यत्रै कम्पनीमा काम गर्ने भनेर बसाइ सराइका लागि कागजपत्र लिन गएका थियौं, तर सिटि अफिसले अध्यागमनमा जान भन्यो’ उनीहरुले भने ‘हामी नजिकको अध्यागमनमा गएका थियौं, भिषा क्यान्सिल गरिदियो।’
नेपाल स्थित जापानी दुतावासले पासपोर्टमा हानेको भिषामा सिओइको नम्बर एउटैछ। कसैको पनि सिओइ नम्बर एउटै हुन नसक्ने कुरा टोकियो स्थित अध्यागमन बिभागले पुष्टि गरिसकेको छ।
सोझो बाटो मार्फत उनीहरुलाई जापान ल्याइएको भए उनीहरु निगाता जानुपर्ने थियो। किन भने, उनीहरुलाई थमाइएको सम्झ्यौता पत्रमा निगाताको कम्पनीमा काम गर्ने उल्लेख थियो।
तर, उनीहरुलाइ साइतामा बाट ओकिनावा पठाइयो। एक ठाउँ बाट अर्को ठाउमा बसाइसरेपछि कानूनत: १४ दिन भित्रमा नजिकको सिटि अफिसमा आफ्नो ठेगाना दर्ता गरिसकेको हुनपर्छ। तर उनीहरुले ५ महिना पछि मात्रै सिटि अफिसमा ठेगाना दर्ता गरेका छन्।
‘हामीलाई आरके सरले ठेगाना पछि दर्ता गरेपनि हुन्छ भन्नुभयो त्यसैले धेरै पछि मात्रै गरेका हौं’ पीडितहरु भन्छन ‘पछि न्यूमिनह्यो निकाल्न जाँदा सिटि अफिसले अध्यागमन जान भन्यो तर पेपर दिन मानेन।’
जापानमा बिदेशीहरुले काम परिवर्तन गर्दा पनि काम छोडेको वा नयाँ कम्पनीमा प्रवेश गरेको १४ दिन भित्र अध्यागमन बिभागमा जानकारी गराउनु अनिवार्य जस्तै छ। तर उनीहरु साइतामा बसुन्जेल आरके सुनारले बैधानिक रुपमा कुनै कामनै लगाइदिएनन।
बैधानिक रुपमा कुनै पनि कम्पनिमा प्रवेश नपाएका उनीहरुले काम छोडेको जानकारी अध्यागमनमा गराउने कुरै भएन। कानूनी रुपमा उनीहरु ५ महिनाको वरपर साइतामा बसेको देखिन्छ तर न साइतामा बसुन्जेल कुनै कम्पनीमा काम गरेको रेकर्ड भेटिन्छ न त उनीहरु ओकिनावा गएर काम गरेको रेकर्ड अध्यागमनमानै गराएका छन्। सायद यसैकारणले उनीहरुलाई अध्यागमनले शंकाको घेरामा राखेको हुनुपर्छ।
धेरै नेपालीलाइ विमानस्थलबाटै फिर्ता पठाउथ्यो अध्यागमनले
जापानको कानून मन्त्रालय अन्तरगतको अध्यागमन बिभाग र विदेश मन्त्रालय अन्तरगत रहने दुतावासबीच सूचना आदान प्रदान गर्ने संयन्त्र नहुँदा नेपाल स्थित जापानी दुतावासले भिषा जारी गरेको हुनसक्ने अनुमान जानकारहरुको छ।
दुतावासले भिषा जारी गरेपनि विमानस्थमा रहेको अध्यागमनको सिस्टममा ‘रेकर्ड’ नभेटिनेहरु नेपाल फर्किन्थे र ‘रेकर्ड’ भेटिनेहरु जापान प्रवेश गर्थे। अहिले जापानको अध्यागमनले सिओइ इमेलमा पठाउने गर्दछ।
यसरी इमेलमा आएको अरु कसैको सिओइमा भएका विवरणहरु हेरफेर गरी कुमार कार्कीले नेपालमा रहेको दुतावासमा भिषाका लागि आबेदन दिने गरेको भेटिएको छ। ‘पैसा लिनका लागि हामीलाई अरु कसैको सिओइमा विवरण हेरफेर गरी दुतावासमा आबेदन दिन लगाएको रहेछ’ जापानको नारिता विमानस्थलको अध्यागमनले नेपाल फिर्ता गरेका एक पिडितले भने ‘दुतावासले पनि के हेरेर भिषा जारी गरेको हो मैले मेसो पाएको छैन।’
नेपाल फिर्ता भएकाहरुलाई पुनः जापान पठाउने भन्दै कुमार कार्कीले नयाँ पासपोर्ट गराउन लगाउथे । कतिपयले जापान जान पाउने आशमा नयाँ पासपोर्ट समेत बनाइसकेका थिए तर, कार्की बिरुद्द पक्राउ पूर्जी जारी भएपछी उनि फरार भएसंगै हाल उनीहरुको स्टेप डाउन छ।