बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापानका चर्चित टेलिभिजन प्रस्तोता मासाहिरो नाकाईका विभिन्न संचार माध्यमबाट प्रशारण हुने कार्यक्रमहरु स्थगित गरिएको छ।
फुजी टेलिभिजनमा कार्यरत एक युवती संग लफडा भएको समाचार बाहिरिएपचि उनको उपस्थितिमा प्रशारण हुने धेरैजसो टेलिभिजन कार्यक्रमहरु स्थगित गरिएको हो।
नाकाइले भने ति युवती संग भएको लफडा पहिलेनै सेटल गरिसकेको र आफ्नो संचार करियर अहिलेकै जस्तो निरन्तर चल्ने दाबी गरेका छन्। तर समस्याको समाधान भैसकेको उनको दाबीलाइ फुजी टेलिभिजनले अस्विकार गर्दै उनका कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ।
नाकाइले दुबैपक्षका प्रतिनिधिहरु बसेर ९ करोडमा समस्याको समाधान गरिएको एक बिज्ञप्ति मार्फत दाबी गरेका छन्। ति युवती संग समस्या उत्पन्न भएको सत्य भएतापनि समाचारहरुमा उल्लेख भएको जस्तो आफुले हात उठाएको कुरा असत्य भएको समेत उनले दाबि गरेका छन्।
समाचारहरु सार्बजनिक भएपछी टिभिएस टेलिभिजनले समेत उनका कार्यक्रम हाललाई स्थगित गरेको जनाएको छ। त्यस्तै रेडियो बाट प्रशारण हुने कार्यक्रमहरु समेत स्थगित भएको जापानी संचार माध्यमहरुले जनाएका छन्।
उनीहरुबीच के कुरामा लफडा भएको थियो भन्ने समाचारहरुमा खुलाइएको छैन तर कतिपय संचार माध्यमहरुले लैंगिक हिंसा हुनसक्ने उल्लेख गरेका छन्।