४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारूढ लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । यद्यपि, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन् ।

ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएको बीबीसीले जनाएको छ । 

जस्टिन ट्रुडोले पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गरेका हुन् । योसँगै जस्टिन ट्रुडोको नौ वर्षको शासनको अन्त्य हुँदैछ ।

उनले सन् २०१५ मा प्रधानमन्त्री भएदेखि क्यानडा र यसको हितको रक्षा गर्न काम गरेको बताए । यस क्रममा ट्रुडोले प्रधानमन्त्रीका रूपमा आफ्ना उपलब्धिहरू पनि उल्लेख गरेका छन् ।​ 

मतदाताहरूमाझ जस्टिन ट्रुडोको घट्दो लोकप्रियताका कारण लिबरल पार्टीभित्रबाट राजीनामा दिन दबाब आएको बताइएको छ । ट्रुडोले केही समयदेखि विदेशी मोर्चामा मात्र संघर्ष गर्दै आएका छैनन्, घरेलु राजनीतिमा पनि धेरै कठिनाइको सामना गर्नुपरेको छ ।