४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । मध्य मालीमा भएको आक्रमणमा कम्तीमा आठ सर्वसाधारणको मृत्यु भएको छ ।

समस्याग्रस्त पश्चिम अफ्रिकी यस देशमा भएको पछिल्लो आक्रमणका लागि माली सेना र रुसको वाग्नर समूहलाई जिम्मेवार ठहर्‍याएका स्रोतहरूले जनाएका छन् ।

माली राजनीतिक, सुरक्षा र आर्थिक सङ्कटमा फसेको छ र सन् २०१२ देखि अल–कायदा र ईस्लामिक स्टेट समूहसँग सम्बद्ध विभिन्न समूहहरूद्वारा तहसनहस पारिएको छ । यसले अस्थिर उत्तरी मरुभूमि क्षेत्रमा पृथकतावादी विद्रोहको पनि सामना गरिरहेको छ ।

‘एउटा हाइलक्स फोरबाइफोर सवारी साधन मौरिटानियामा रहेको शरणार्थी शिविरतर्फ जाँदै गर्दा वाग्नर र माली सेनाले गोली चलाए । बिहीबार कम्तीमा आठ सर्वसाधारणको मृत्यु भयो’, एक स्थानीय अधिकारीले नाम नखुलाउने शर्तमा भने ।

‘सवारी साधनका सबै यात्रुको मृत्यु भयो । उनीहरूलाई सामूहिक चिहानमा गाडियो’, पीडितमध्ये एक जनाका आफन्तले भने ।