४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । उत्तरी जिम्बाब्वेमा सिंह र अन्य जङ्गली जनावरहरूका लागि आरक्षित बासस्थानमा पाँच दिनसम्म हराएका सात वर्षीय बालक जीवितै फेला परेका छन् ।​ 

जिमपार्कका प्रवक्ता तिनाशे फारावोका अनुसार ती बालक डिसेम्बर २७ मा आफ्नो गाउँ नजिकैको मातुसाडोना राष्ट्रिय निकुञ्जमा भुलेर प्रवेश गरेका थिए र पाँच दिनपछि करिब ५० किलोमिटर (लगभग ३० माइल) टाढा फेला परेका थिए ।​​

फारावोले विज्ञप्तिमा उनले जङ्गली फल र नदीको किनारमा खनेर पानी निकालेर जीवन धानेको बताए । यो जिम्बाब्वेका खडेरी प्रभावित क्षेत्रहरूमा चिनिने प्रविधि हो ।

‘उल्लेखनीय रूपमा उनी सिंहले भरिएको मातुसाडोना राष्ट्रिय निकुञ्जको कठोर भू–भागमा आफ्नो गाउँबाट फेला परेको स्थानसम्म ४९ किलोमिटर हिँडेको अनुमान गरिएको छ’, फारावोले भने ।

बालक बेपत्ता भएको सुनेपछि रेन्जर्स, स्थानीयवासी र प्रहरीले तुरुन्तै उनको खोजी शुरू गरेका थिए तर भारी वर्षाले उनीहरूको प्रयासमा बाधा पुर्‍यायो । उनको खुट्टाको छाप डिसेम्बर ३० मा देखिएको थियो र बालक तिनोतेन्दा पुन्दु भोलिपल्ट चाँडै फेला परेको फारावोले बताए ।

त्यस क्षेत्रकी सांसद मुत्सा मुरोम्बेद्जीका अनुसार बालकलाई अस्पताल भर्ना गरिएको थियो र कमजोर भए पनि कुनै देखिने चोट थिएन । 

‘उनी बाँच्नु एक चमत्कार थियो’, सांसद मुत्सा मुरोम्बेद्जीले भने, ‘उनी चतुर थिए । सिंह र अन्य वन्यजन्तुले भेट्न नसकून् भनेर पहाडी चट्टानमाथि सुत्थे, गाउँलेहरूले उनले आवाज पछ्याउने आशामा ड्रम बजाएर खोजीमा सहयोग गरे ।’

तर उनलाई खोज्न जङ्गलको गहिराइमा जान सक्ने रेन्जरहरूको मद्दतले मात्र भेटिएको थियो ।​

जिम्बाब्वे को कारिबा तालको नजिक रहेको मातुसाडोना राष्ट्रिय निकुञ्जमा यसको वेबसाइटअनुसार सिंह, चितुवा, हात्ती र भैँसी लगायतका विभिन्न वन्यजन्तुहरू पाइन्छन् ।