४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी ।  लाओसमा डेङ्गुका बिरामीको सङ्ख्या २० हजार नाघेको छ । यो वर्ष अहिलेसम्म ११ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको सूचना तथा शिक्षा केन्द्रको प्रतिवेदनअनुसार राजधानी भेन्टियानमा सबैभन्दा बढी पाँच हजार ७६१ जनामा सङ्क्रमण देखिएको छ ।​

डेङ्गुका कारण लुआङ प्राबाङ प्रान्तमा चार, राजधानीमा तीन, सेकोङ प्रान्तमा दुई र लुआङ नम्था र भेन्टियाने प्रान्तमा एक–एक गरी ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगको फैलावटलाई नियन्त्रण गर्न र सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयले लाओसमा स्वास्थ्य अधिकारी र चिकित्सा कर्मचारीहरूलाई डेङ्गु ज्वरोको गम्भीर प्रकोप रोक्नको लागि व्यवस्थापन सुधार गर्न आह्वान गरेको छ ।