१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

जापानका केही ब्यबसायीसंग सम्पर्कमा आएका कुमार कार्कीले भने अहिले पिडित भनिएकाहरु सहित २३ जनाको पैसा १४ लाखका दरले जनक सुबेदीलाइ बुझाएको दाबी गरेका छन्।

मोटो रकम लिएर नेपालीहरुलाई जापान प्रवेश गराई अलपत्र पारेको बिषय सार्बजनिक भएपछि कुमार कार्की बाहेक अरु सबै पात्रहरुसंग कुराकानी गर्दा सबैले आफ्नो ‘दोष’ नरहेको भन्दै पन्छिएका छन्।

हाल नेपाल रहेका राम खड्का दिउसो हामीलाइ सम्पर्क गरी जनक सुबेदी र कुमार कार्कीबीच चिनजान गराउने बाहेक अरु कुरामा आफ्नो संलग्न नरहेको दाबी गरे। त्यस्तैगरी, प्रतिव्यक्ति १२ लाख भुक्तान गर्ने गरी कम्पनीसंग कुरा गरेको बाहेक अरुको कुरामा आफ्नो संलग्नता नरहेको जनक सुबेदीले बताइरहेका छन्।

उसैगरी पिडित भनिएकाहरुलाई विमानस्थलबाट पिकअप गरी साइतामा सम्म लग्नु बाहेक अरु कुनै कुरामा सहभागी नरहेको अर्का पात्र आरके सुनारले गरिरहेका छन्। तर पिडितहरुको हालत हिजो भन्दा आज झन् नाजुक हुँदै गैरहेको छ।

घटनाक्रमको विश्लेषण गर्दा मुख्य पात्रका रुपमा लिन सकिने कुमार कार्की अहिले सम्म सम्पर्कबिहीन छन्। आफुले जापान पठाएका व्यक्तिहरु काम नपाएर पिडित भएको खबर थाह पाएपछि कार्की र सुनारबीच कुराकानी भने भैरहेको सुनारले स्वीकारेका छन् (भिडियो हेर्नुहोस) ।

‘हामीहरुबीच कुराकानी भैरहेको छ र समस्याको समाधान कसरी निकाल्ने भन्ने बिषयमा केन्द्रित छौं’ सुनारले आज दिउसो गरेको सम्बादमा भनेका छन्। सुनारले गरेको दाबी अनुसार उनले ति व्यक्तिहरुलाइ जनक सुबेदी र राम खड्काको जिम्मा लगाइसकेका थिए। उनि भन्छन ‘योकोहामाको एउटा रेस्टुरेण्टमा बसेर कुराकानी गरिसकेपछि मैले उनीहरुको जिम्मा लगाएको हुँ।’

नेपाल बाट एजेण्टको रुपमा काम गरेका कुमार कार्कीले कम्पनीमा बुझाउने भनिएको १२ लाख जापानी एन सुबेदीलाइ नबुझाएका कारण जापान प्रवेश गरेका ति नेपालीहरुलाई उनले कम्पनी सम्म लगेनन, जसका कारण उनीहरु अहिले सम्म अलपत्र छन्।

ति व्यक्तिहरुको भिषा प्रक्रिया गरिदिएको कम्पनीलाइ आफुले पैसा नबुझाउदा सम्म उनीहरु कम्पनी प्रवेश गर्न नसक्ने उनको दाबी छ। तर, न नेपालका कुमार कार्कीले सुबेदीलाइ पैसा बुझाएका छन् न सुबेदीलाई बुझाउने त्यति ठुलो रकम पिडितसंग छ।

अवस्था यस्तो सम्म भएको छ कि पिडितहरुसंग हामीलाई दिनकै फोन गर्दै रुने बाहेक अरु कुनै विकल्प छैन। यसै बर्षको फेब्रुअरीमा जापान प्रवेश गरेका उनीहरुको भिषा नबिकरण गर्ने समय नजिकिदै छ, तर अहिले सम्म कुनै कम्पनीमा काम नगरेकाले उनीहरुको भिषा नबिकरण हुने सम्भावना पनि न्यून छ।

यसै वर्षको २२ फेब्रुअरीमा जापान प्रवेश गरेका एक जनाको अगष्ट महिनाको २९ तारिख भिषा रद्द भएर अहिले घर फर्किने भिषा लिएर बसेका छन्। उनको ठेगाना साइतामा प्रिफेक्चरमा रजिष्टर भएको र उनी ओकिनावा बस्दै आएको थाह पाएपछि अध्यागमनले उनको भिषा रद्द गरिदिएको हो।

यसरी नेपालबाट चर्को पैसा लिएर मानिसलाई जापान ल्याउने र टोकियो आसपासमा काम नपाएपछि ‘दलाल’ हरुले होक्काइदो देखि ओकिनावा सम्म घुमाउने गर्दछन। कुन ठाउमा काम स्थायी हुनेहो भन्ने पत्तो नहुँदा कतिपयले काम गरिरहेको सिटिमा ठेगाना रजिष्टर गर्दैनन्। त्यसको रिजल्ट, भिषा रद्द सम्म हुन सक्छ।

समस्या यति चर्किदा पनि माथिका कुनै पात्रले ति मानिसहरुलाइ कतै ‘एडजस्ट’ प्रयास समेत गरेका छैनन् । उनीहरु केवल एक अर्कालाइ दोष लगाउदै बसिरहेका छन्। जापानका केही ब्यबसायीसंग सम्पर्कमा आएका कुमार कार्कीले भने अहिले पिडित भनिएकाहरु सहित २३ जनाको पैसा १४ लाखका दरले जनक सुबेदीलाइ बुझाएको दाबी गरेका छन्।

(अरु अपडेटका लागि प्रतिक्षा गर्दैगर्नुहोला।)

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.