२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

‘नेपालीहरु जापान आएपछि भिषा नबिकरण देखि कामको जिम्मा सबै कम्पनीले लिने भन्ने कुरा थियो’ सुबेदीले भने ‘तर उनीहरु कहिले कसरी र कहाँ आए भन्ने हामीलाईनै थाह भएन।’

टोकियो । साथी मार्फत चिनजान भएका कुमार कार्कीले जापानमा महिनाको ३ लाख ६० हजार कमाइ हुने कुरा सुनाएपछि ललितपुर निवासी गोपी हमाल (नाम परिवर्तन) जापान आउने योजना बनाए।

कुरा अघि बढ्दै गएपछि हमाल कुमार कार्कीलाइ २० लाख बुझाउन तयार पनि भए। डिपेण्डेण्ट भिषा पनि तुरुन्तै गरिदिने शर्तमा उनले २० लाख बुझाउन तयार भएका थिए ।

‘महिनाको ३ लाख ६० हजार कमाइ हुने, त्यसमा ६० हजार खर्च हुँदा ३ लाख जोगिने कुरा सुनेपछि म जापान आउन तयार भएको हुँ’ क्योदाई न्यूजको सम्पर्कमा आएका हमालले भने।

तर, जापान आएको ५ महिना सम्म उनले कुनै काम पाएनन। त्यो ५ महिना फुकुओकामा रहेका आफन्तहरुको सहयोगमा जापान बसेका उनी बीचमा फेरी नेपाल फर्के।

नेपाल फर्केपछि पनि आफ्नो २० लाख फिर्ता नआउने देखेपछि ३ महिना पछि पुनः जापान फर्किए । जापान फर्किएपछी पनि न उनले काम पाएका छन् न त भिषाको अबधीनै बाँकी छ उनीसंग।

उनीसंगै जापान आएका २२ जना मध्ये १ जना नेपाल फर्किएको र अर्का एक जना नेपाल फर्किने तयारीमा छन्। अरु बाँकीले ‘अरु उपाए’हरुको खोजीमा यताउता फोन घुमाउदै दिन काट्ने गरेका छन्।

पछिल्लो समय नेपालमा ब्याचलर पास गरेकाहरुलाई विभिन्न प्रलोभन देखाउंदै मोटो रकम असुलेर जापान पठाउने क्रम बढ्दो छ।

यसैको शिकार बनेका अर्का व्यक्ति हुन् रबिन क्षेत्री। उनी कुमार कार्की मार्फत जापान आएका क्षेत्री १ बर्षको कष्टकर जापान बसाइपछि नेपाल फर्किने तयारीमा छन्।

कसरी ल्याइएको थियो उनीहरुलाई ?

जानकारहरुका अनुसार पहिले जापानमा बसोबास गरेका कुमार कार्की भिषा नबिकरणमा समस्या भएपछी नेपाल फर्केका हुन्।

उनि २०१५-२०१७ कार्यकालका लागि एनआरएनए जापानको सदस्य पदमा उमेद्वारी दिएर पराजित समेत भएका थिए।

कार्कीले नेपाल बाट पठाउन खोजेका व्यक्तिहरुका लागि जापानमा कम्पनीको व्यवस्था जनक सुबेदीले गरेका थिए। ‘मैले राम खड्का दाइले भनेपछि चाइनिज कम्पनीहरु संग कुरा गरेको हुँ’ उनले भने ‘दाइले कुमार कार्कीका मान्छेका लागि मलाई भन्नुभएको हो भन्ने थाह थिएन।’

जापानको कानूनले तोके बमोजिमकै सेवा सुबिधा दिने शर्तमा उनीहरुको प्रक्रिया अघि बढाएको सुबेदीको दावी छ। उनीहरु जापान आइसकेपछि कम्पनीलाइ प्रतिव्यक्ति १२ लाख (१२० मान) दिने शर्त समेत रहेको उनको भनाइ छ।

‘नेपालीहरु जापान आएपछि भिषा नबिकरण देखि कामको जिम्मा सबै कम्पनीले लिने भन्ने कुरा थियो’ सुबेदीले भने ‘तर उनीहरु कहिले कसरी र कहाँ आए भन्ने हामीलाईनै थाह भएन।’

पिडितहरुका अनुसार बिमानस्थलमा लिनका लागि आरके सुनार नामका व्यक्ति पुगेका थिए र उनले उनीहरुलाई सिधै साइतामा लगेर थिए। ‘कामका लागि समस्या थिएन, सबै कुरा पहिलेनै फिक्स भएरनै कम्पनीमा कुरा गरेको हुँ’ सुबेदीले भने ‘तर उहाहरुलाइ कता लगियो भन्ने नै थाह भएन।’

आफुले कुरा गरेको कम्पनीमा नेपालबाट आएका व्यक्तिहरुलाई काम लगाउदा प्रतिव्यक्ति १२ लाख तिर्न पर्ने भएकाले कुमार कार्की र आरके सुनार मिलेर अन्यत्रै लागेको हुनसक्ने आशंका सुबेदीको छ। यस बिषयमा आरके सुनारसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेको छैन।

तर, सुनारले भने आफुलाई यो बिषयमा केही थाह नभएको र आफुलाई कुमार कार्कीले अनुरोध गरेपछि विमानस्थल पिकअपका लागि मात्रै गएको दाबी गरेको उनी निकटका व्यक्तिहरुले बताएका छन्।

के भन्छ एनआरएनए जापान ?

आफुहरुले पिडित मध्यका केही व्यक्तिहरुसंग कुराकानी गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ । अध्यक्ष नबिन निउरेका अनुसार दुवै पक्षबीच छलफल गर्ने तयारी भैरहेको छ।

‘हामीलाइ यो बारेमा गुनासो आएपछि सबै पक्षबीच बसेर कुरा गर्ने तयारी गरेका छौं’ निउरेले भने ‘सायद यसै हप्ता उनीहरु संग कुरा हुन्छ होला।’