बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
‘नेपालीहरु जापान आएपछि भिषा नबिकरण देखि कामको जिम्मा सबै कम्पनीले लिने भन्ने कुरा थियो’ सुबेदीले भने ‘तर उनीहरु कहिले कसरी र कहाँ आए भन्ने हामीलाईनै थाह भएन।’
टोकियो । साथी मार्फत चिनजान भएका कुमार कार्कीले जापानमा महिनाको ३ लाख ६० हजार कमाइ हुने कुरा सुनाएपछि ललितपुर निवासी गोपी हमाल (नाम परिवर्तन) जापान आउने योजना बनाए।
कुरा अघि बढ्दै गएपछि हमाल कुमार कार्कीलाइ २० लाख बुझाउन तयार पनि भए। डिपेण्डेण्ट भिषा पनि तुरुन्तै गरिदिने शर्तमा उनले २० लाख बुझाउन तयार भएका थिए ।
‘महिनाको ३ लाख ६० हजार कमाइ हुने, त्यसमा ६० हजार खर्च हुँदा ३ लाख जोगिने कुरा सुनेपछि म जापान आउन तयार भएको हुँ’ क्योदाई न्यूजको सम्पर्कमा आएका हमालले भने।
तर, जापान आएको ५ महिना सम्म उनले कुनै काम पाएनन। त्यो ५ महिना फुकुओकामा रहेका आफन्तहरुको सहयोगमा जापान बसेका उनी बीचमा फेरी नेपाल फर्के।
नेपाल फर्केपछि पनि आफ्नो २० लाख फिर्ता नआउने देखेपछि ३ महिना पछि पुनः जापान फर्किए । जापान फर्किएपछी पनि न उनले काम पाएका छन् न त भिषाको अबधीनै बाँकी छ उनीसंग।
उनीसंगै जापान आएका २२ जना मध्ये १ जना नेपाल फर्किएको र अर्का एक जना नेपाल फर्किने तयारीमा छन्। अरु बाँकीले ‘अरु उपाए’हरुको खोजीमा यताउता फोन घुमाउदै दिन काट्ने गरेका छन्।
पछिल्लो समय नेपालमा ब्याचलर पास गरेकाहरुलाई विभिन्न प्रलोभन देखाउंदै मोटो रकम असुलेर जापान पठाउने क्रम बढ्दो छ।
यसैको शिकार बनेका अर्का व्यक्ति हुन् रबिन क्षेत्री। उनी कुमार कार्की मार्फत जापान आएका क्षेत्री १ बर्षको कष्टकर जापान बसाइपछि नेपाल फर्किने तयारीमा छन्।
कसरी ल्याइएको थियो उनीहरुलाई ?
जानकारहरुका अनुसार पहिले जापानमा बसोबास गरेका कुमार कार्की भिषा नबिकरणमा समस्या भएपछी नेपाल फर्केका हुन्।
उनि २०१५-२०१७ कार्यकालका लागि एनआरएनए जापानको सदस्य पदमा उमेद्वारी दिएर पराजित समेत भएका थिए।
कार्कीले नेपाल बाट पठाउन खोजेका व्यक्तिहरुका लागि जापानमा कम्पनीको व्यवस्था जनक सुबेदीले गरेका थिए। ‘मैले राम खड्का दाइले भनेपछि चाइनिज कम्पनीहरु संग कुरा गरेको हुँ’ उनले भने ‘दाइले कुमार कार्कीका मान्छेका लागि मलाई भन्नुभएको हो भन्ने थाह थिएन।’
जापानको कानूनले तोके बमोजिमकै सेवा सुबिधा दिने शर्तमा उनीहरुको प्रक्रिया अघि बढाएको सुबेदीको दावी छ। उनीहरु जापान आइसकेपछि कम्पनीलाइ प्रतिव्यक्ति १२ लाख (१२० मान) दिने शर्त समेत रहेको उनको भनाइ छ।
‘नेपालीहरु जापान आएपछि भिषा नबिकरण देखि कामको जिम्मा सबै कम्पनीले लिने भन्ने कुरा थियो’ सुबेदीले भने ‘तर उनीहरु कहिले कसरी र कहाँ आए भन्ने हामीलाईनै थाह भएन।’
पिडितहरुका अनुसार बिमानस्थलमा लिनका लागि आरके सुनार नामका व्यक्ति पुगेका थिए र उनले उनीहरुलाई सिधै साइतामा लगेर थिए। ‘कामका लागि समस्या थिएन, सबै कुरा पहिलेनै फिक्स भएरनै कम्पनीमा कुरा गरेको हुँ’ सुबेदीले भने ‘तर उहाहरुलाइ कता लगियो भन्ने नै थाह भएन।’
आफुले कुरा गरेको कम्पनीमा नेपालबाट आएका व्यक्तिहरुलाई काम लगाउदा प्रतिव्यक्ति १२ लाख तिर्न पर्ने भएकाले कुमार कार्की र आरके सुनार मिलेर अन्यत्रै लागेको हुनसक्ने आशंका सुबेदीको छ। यस बिषयमा आरके सुनारसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेको छैन।
तर, सुनारले भने आफुलाई यो बिषयमा केही थाह नभएको र आफुलाई कुमार कार्कीले अनुरोध गरेपछि विमानस्थल पिकअपका लागि मात्रै गएको दाबी गरेको उनी निकटका व्यक्तिहरुले बताएका छन्।
के भन्छ एनआरएनए जापान ?
आफुहरुले पिडित मध्यका केही व्यक्तिहरुसंग कुराकानी गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ । अध्यक्ष नबिन निउरेका अनुसार दुवै पक्षबीच छलफल गर्ने तयारी भैरहेको छ।
‘हामीलाइ यो बारेमा गुनासो आएपछि सबै पक्षबीच बसेर कुरा गर्ने तयारी गरेका छौं’ निउरेले भने ‘सायद यसै हप्ता उनीहरु संग कुरा हुन्छ होला।’