बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले प्राप्त गरेका छन् ।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रुपैयाँ पर्ने ओमोडा ‘ई’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपीएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए ।
ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपीएलको पहिलो सँस्करणमा उपविजेता बनेको छ । कप्तान ऐरीले एनपीएलका नौ खेलबाट दुई सय २७ रन जोड्दै नौ विकेट बनाएका छन् ।
एनपीएलको विजेता टोली जनकपुर बोेल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् ।
उनले एनपीएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपीएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रनसमेत जोड्न सफल भए ।
‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन् । उनले पाँच लाख रुपैयाँ प्राप्त गरे । जैबले एनपीएलमा सुदूरपश्चिमको लागि दुई सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए ।
जनकपुरबाट एनपीएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् ।
एनपीएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन् । मिलान्थाले एनपीएलमा कूल दुई सय ९३ रन बनाएका छन् ।
यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । उनले रु दुई लाखको चेक समेत प्राप्त गरेका छन् । निशमले जनकपुरको लागि दुई ४७ रन जोड्दै ७ विकेट आफ्नो नाममा दर्ता गरेका छन् ।
कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्डसहित रु ५० हजारको चेक प्राप्त गरेका छन् ।
साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कूलबाट रु दश लाख बराबरको छात्रवृत्तिसमेत प्राप्त गरेका छन् । विपीनले एनपीएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् ।
एनपीएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ ।