बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा गर्दैछन् ।
एनपीएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह साढे १२ बजे शुरू हुनेछ । दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् ।
सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरीले मैदानमा शतप्रतिशत योगदान दिने बताएका छन् ।
फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको बताए ।
यस्तै, जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । ‘आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौं । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौं तर उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले भने ।
एनपीएलमा शानदार प्रदर्शन गरिरहेको सुदूरपश्चिमले ८ खेलमा एक खेलमा मात्र हार व्यहोरेको छ ।
लिग चरण र क्वालिफायर गरेर सुदूरपश्चिमले दुईपटक जनकपुरलाई पराजित गरिसकेको छ ।