४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको छ ।

एक शिक्षकसहित अन्य ६ विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० बजे प्रेच्को एलिमेन्टरी स्कूलमा भएको हो ।

उनीहरूले आक्रमणकारीलाई ‘युवा पुरुष’ भनी वर्णन गर्नुका साथै उनलाई पक्राउ गरिएको बताएका छन् ।

स्वास्थ्यमन्त्री इरेना ह्रिस्टिकले आक्रमणकारी १८ वर्षभन्दा माथिको भएको बताए । यद्यपि मिडियाले उनी १९ वर्षका भएको बताएको छ । ​

क्रोएसियाली मिडियाले प्रकाशित गरेको भिडियो फुटेजमा बालबालिकाहरू स्कूलको भवनबाट भागेको र मेडिकल हेलिकप्टर स्कूलको आँगनमा अवतरण गरेको देखाइएको छ । 

प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले सरकारी बैठकको शुरूवातमा आक्रमणबाट ‘स्तब्ध’ भएको बताउँदै अधिकारीहरूले अझै के भयो भनेर पत्ता लगाउन काम गरिरहेको जानकारी दिए ।

उनले धेरै बालबालिकालाई जाग्रेबको विभिन्न अस्पतालमा लगिएको बताए ।