बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेट गरेका छन् ।
विदेशमन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड दिए ।
‘इराकी प्रधानमन्त्री सुडानी र मैले सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्न भेट्यौं । मैले इराकको सुरक्षा, स्थिरता र सार्वभौमिकताप्रतिको हाम्रो प्रतिबद्धतालाई जोड दिएँ’, ब्लिन्केनले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।
अल जजीराका अनुसार ब्लिन्केन र अल–सुदानीले सिरियाको तानाशाहीबाट प्रजातन्त्रमा परिवर्तनको आवश्यकतालाई समावेशी र सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको लागि छलफल गरेका छन् ।
सिरियाका नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बसिरले विदेशमा रहेका सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्ने कुरालाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिएका छन् ।
अल–बशीरले देशमा स्थायित्व पुनर्स्थापना गर्ने प्रयासहरूको एक भागको रूपमा विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई स्वदेश फर्काउने लक्ष्य राखेका छन् ।