४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन् । रुसी  सञ्चार माध्यमले दिएको जानकारीअनुसार उनी परिवारसहित रुस पुगेका हुन् ।

विद्रोहीले आइतबार सिरियाको राजधानी दमास्कस नियन्त्रणमा लिए लगत्तै राष्ट्रपति बसर अल असद देश छोडेर भागेका बीबीसीले जनाएको छ ।

मस्को पुगेका असद र उनको परिवारलाई राजनीतिक शरण दिइएको खबरमा उल्लेख छ ।

रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता आवश्यक रहेको बताएको छ ।

यस्तै रुसले पछिल्लो सिरिया सङ्कटमा विद्रोही नेताहरूसँग वार्ता र संवादमार्फत राजनीतिक समाधानको खोजी गर्न समेत आह्वान गरेको छ ।

यसका लागि आफू मध्यस्तकर्ताको भूमिका खेल्न र मस्कोमै तयारी गर्न सहयोग गर्ने रुसको भनाइ छ ।​

यसैबीच सिरियामा बसर अल–असद सरकारको पतनलाई पश्चिमी देशहरूले स्वागत गरेका छन् । फ्रान्स, बेलायत र जर्मनीले असदको सत्ताच्युतको स्वागत गरेका हुन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियाको सत्ताबाट बसर अल–असदको पतनलाई मध्यपूर्व क्षेत्रका लागि ऐतिहासिक दिनको रूपमा व्याख्या गरेका छन् ।