१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार पनि २ खेल भएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । यसअघि कर्णालीले दुई खेलमा हार ब्यहोरेको थियो । 

चितवन राइनोजले कर्णाली याक्सलाई जीतका लागि एक सय ३१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कर्णाली याक्सले १९ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३०, देव खनालले २५, जिशान मकसूदले १२ र अर्जुन घर्तीले ११ रनको योगदान दिए । 

बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रवि बोपारा र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतमा ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन र अमर रौतेलाले नौ नौ तथा दीपक बोहोराले आठ  रन बनाए । 

बलिङतर्फ कर्णाली याक्सका लागि विपिन शर्माले तीन, जिशान मकसूदले दुई तथा नन्दन यादव र कप्तान सोमपाल कामीले एक एक विकेट लिए । चितवनले यसअघि दुई खेल जितेको थियो । ​

यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जीत हात पारेको हो । 

लुम्बिनीले जीतका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओभरमा एक विकेट पनि नगुमाएर पूरा गर्‍यो ।

पोखराको जीतमा दुवै ओपनरको सानदार प्रदर्शन रह्यो । पोखराका लागि एन्ड्रिज गौसले शतकीय पारी खेले । उनले ५५ बलमा पाँच छक्का र १२ चौका प्रहार गर्दै अविजित एक सय चार रन बनाए ।

गौसले अहिलेसम्मकै बढी रन बनाएर एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । 

पोखराका अर्का ओपनर दिनेश खरेल अर्धशतकीय पारी खेले । उनले पनि अविजित रहँदै ६१ रन बनाए । ४६ बलमा चार छक्का र चार चौकाको मद्दतले उनले ६१ रन बनाए । यो खेलमा पोखराले अतिरिक्त ११ रन पाएको छ । एनपीएलमा यो पोखराको पहिलो जीत हो । 

पोखरा आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले ।

उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । 

लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमा आउट भएका थिए । यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गरेको थियो ।

पोखराका लागि विपिन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारेका थिए । एनपीएलमा लुम्बिनीको यो दोस्रो हार हो ।

यसअघि लुम्बिनी विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो ।