४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । नेदरल्यान्ड्समा आँधीका कारण शुक्रबार १०० भन्दा बढी उडान रद्द गरिएको छ ।

एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडानहरू रद्द गरियो र रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका अधिकारीहरूले बताएका छन् । 

डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई)ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी गरेको छ ।

आँधीको गति ७५ देखि ९० किलोमिटर प्रतिघन्टा रहेको र तटीय क्षेत्रमा ९० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको छ ।

उत्तरी वाडेन टापूहरूमा आँधीको गति १०० देखि १२० किलोमिटर प्रति घन्टासम्म पुग्नसक्ने सिन्ह्वाले जनाएको छ ।

शुक्रबार बिहानसम्म एक सयभन्दा बढी उडान रद्द भइसकेका छन् । फ्लेभोल्याण्ड प्रान्त नजिकैको मार्करवार्ड बाँध आँधीका कारण बन्द गरिएको छ ।