बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार २ खेल भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत निकालेको छ ।
जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै तेस्रो जीत निकालेको हो ।
पोखरा एभेञ्जर्सले जीतका लागि दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो ।
जनकपुरको जीतमा लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । यस्तै, आशिफ सेखले ३२, अनिल शाहले एक रन बनाउँदा अविजित रहँदै जम्स निशमले ४० र हर्ष ठाकरले १३ रन जोडे ।
बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल, माइकल लिस्क र विपीन खत्रीले समान एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो ।
पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले छ रन जोडे भने अविजित रहँदै नारायण जोशीले पाँच र विपिन खत्रीले एक रन बनाए ।
जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एकरएक विकेट लिए ।
जारी एनपीएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।
यस्तै, बिहीबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाईलाई ७३ रनको फराकिलो अन्तरले हराएको हो ।
सुदूरपश्चिम रोयल्सले जीतका लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गुर्खाज १५ दशमलव पाँच ओभरमा ९४ रन बनाउँदै अलआउट भयो ।
काठमाडौंका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३७ रन बनाएका हुन् । सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०/१० र प्रतीक श्रेष्ठले आठ रन बनाए ।
काठमाडौंका लागि माइकल लेविटले पाँच, शङ्कर राणाले तीन, रासिद खानले दुई रन बनाउँदा कप्तान करण केसी, नाथन सोटर र शाहब आलमले समान एक/एक रन जोडे । यो खेलमा काठमाडौंले अतिरिक्त दुई रन पायो ।
सुदूरपश्चिम रोयल्सका लागि नरन साउदले सर्वाधिक पाँच विकेट लिए । अविनाश बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक/एक विकेट लिए ।
सुदूरपश्चिम रोयल्सको यो दोस्रो जीत हो । सुदूरपश्चिमले यसअघि विराटनगर किङ्गसलाई ९० रनले पराजित गरेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका छन् ।
यस्तै, विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । यो खेलमा सुदूरपश्चिमले अतिरिक्त दश रन पायो ।
काठमाडौंका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरासमस, शाहब आलम र कप्तान करण केसीले एक/एक विकेट लिएका थिए ।
एनपीएलमा काठमाडौं गुर्खाजको यो दोस्रो हार हो । तीन खेल खेलेको काठमाडौंले यसअघि एक खेलमा विजयी भएको थियो ।