१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो दिन २ खेल भएका छन् । 

बुधबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । ​

टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ४९ रनको योगफल बनायो ।

१ सय ५० रनको विजयी लक्ष्य काठमाडौंले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौं गुर्खाजका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का हाने ।

यस्तै जेरार्ड एरास्मसले २८ बलमा ३८ रनको योगदान दिए । यसमा उनको ३ चौका र २ छक्का सामेल थिए । यस्तै कप्तान करण केसीले १० बलमा २ छक्का र २ चौकाको मद्दतमा २८ रन बनाए । यसैगरी माइकल लेभिटले १९ बल खेल्दै २ चौका र १ चौकासहित २२ रन बनाए । 

बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिशन मक्सुद र विपिन शर्माले १/१ विकेट लिए । 

यसअघि कर्णाली याक्सका लागि १ सय ४९ रनको योगफल बनाउने क्रममा शिखर धवनले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए ।

यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलसन झाले १९ बलमा १ चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै १ चौकाको सहयोगमा १४ रन बनाए ।  

बलिङतर्फ काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले १/१ विकेट लिए ।

यस्तै, बुधबार नै भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको छ । 

लुम्बिनी लायन्सले जीतका लागि दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

विराटनगरको जीतमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । यस्तै, बसिर अहमदले ४०, मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ र दीपक बोहोराले नौ रनको योगदान दिए । 

बलिङतर्फ लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र सादबिन जफरले २/२ तथा विवेक यादवले १ विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा २ छक्का र चार चौका प्रहार गरे । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र सादबिन जफरले समान १५/१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको थियो ।  

बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले १  विकेट लिए ।