१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार २ खेल भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् शुरूवात गरेको छ । सुदूरपश्चिमको यो पहिलो जीत हो भने विराटनगर लगातार दोस्रोपटक पराजित भएको हो ।

आफ्नो पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । ​

सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । 

विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए । त्यसैगरी राजेश पुलामी १५ र अनिल पुलामीले १० रनाउनुबाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सुदूरपश्चिमका लागि ​स्कट कुग्गेलैन र अविनाश बोहराले तीन/तीन विकेट लिए । त्यसैगरी ब्राण्डन मुल्लेन, सैफ जैब र इशान पाण्डेले समान एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित १८३ रनको विशाल स्कोर तयार गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

यस्तै, मंगलबार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग ८७ रनले पराजित भएको छ ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिएको हो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे ।  

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन जोडे ।

कप्तान कुशल मल्लले ३८ रनको योगदान दिएका थिए ।