४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । दक्षिणी थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेका अधिकारीहरूले मङ्गलबार बताएका छन् । अझै केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

नोभेम्बरको अन्त्यदेखि दक्षिणी थाइल्याण्डका बाह्र प्रान्तमा बाढीले चार लाख १० हजार ४५१ मानिसहरूलाई प्रभावित बनाएको छ । 

थाई सरकारको जनसम्पर्क विभागले पट्टानी, नाराथिवाट, सोङ्खला र याला प्रान्तमा बाढीका कारण २२ हजारभन्दा बढी मानिसहरू बाढीबाट विस्थापित भएको जनाएको छ ।

सोङखलाको पोल्ट्री फार्मका मालिक सुवास बिन–उमाले भन्नुभयो, ‘बाढीले १० हजार भन्दा बढी कुखुरा नष्ट गर्दा मैले कम्तीमा तीन लाख भाट गुमाएँ ।’

थाई मौसम विभागले मङ्गलबार डिसेम्बर छ सम्म भारी वर्षा जारी रहने चेतावनी दिएको छ ।

सरकारले बाढी प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली खटाएको र प्रत्येक प्रदेशलाई बाढी राहतका लागि छ करोड भाट तोकिएको छ ।

मङ्गलबार थाई मन्त्रिपरिषद्ले प्रभावितहरूलाई सहयोग गर्न प्रति परिवार नौ हजार भाट भुक्तानलाई अनुमोदन गरेको छ ।