बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भएका दुई छुट्टाछुट्टै खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स विजयी भएका छन् ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो ।
काठमाडौंले जीतका लागि प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य चितवनले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे ।
यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए ।
यस्तै दोस्रो खेलमा कप्तान अनिलकुमार साहको अर्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको हो । जनकपुर बोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो ।
यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्स विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो ।
जीतसँगै जनकपुर बोल्ट्स अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो ।
एक सय ४२ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुर बोल्ट्सका लागि कप्तान अनिलकुमार साहले अविजित ६२ रन बनाए ।
उनले ४२ बल खेल्ने क्रममा तीन छक्का र छ चौका प्रहार गरे ।