१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । एसियाली विकास बैंक (एडीबी)ले श्रीलङ्काको ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि २० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ ।​

एडीबीले भनेको छ, ‘पूर्वाधारको विस्तार, आधुनिकीकरण र डिजिटलाइजेशन समाधानसहित विद्युतीय प्रणाली सुदृढीकरण र नवीकरणीय ऊर्जा एकीकरण परियोजनाले श्रीलङ्काको विद्युत मिश्रणमा नवीकरणीय ऊर्जालाई एकीकृत गर्ने, बिजुली अवरोध कम गर्ने र प्रसारण तथा वितरण घाटा कम गर्ने लक्ष्यलाई समर्थन गर्नेछ।’​

एडीबीका अनुसार श्रीलङ्काले सन् २०१६ मा शतप्रतिशत घरधुरीमा विद्युतीकरण गरेको छ । सन् २०२३ मा यहाँको अधिकतम माग करिब दुई हजार ८०० मेगावाट पुगेको थियो ।

यसमा वितरित नवीकरणीय ऊर्जाको योगदान पनि समावेश गरिएको थियो ।

सन् २०३० सम्ममा मागमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ। सन् २०२३ मा श्रीलङ्काको कूल स्थापित विद्युत् उत्पादन क्षमता पाँच हजार १९१ मेगावाट पुगेको थियो भने सन् २०२३ मा देशको विद्युत् उत्पादनको लगभग ५० प्रतिशत थर्मल पावर प्लान्टहरूबाट आएको थियो ।

यस परियोजनाले विद्युतको प्रसारण र वितरण सञ्जालको क्षमता विस्तार गर्दै नवीकरणीय ऊर्जाको वृहत्तर एकीकरणलाई सक्षम बनाउनेछ । 

परियोजना अन्तर्गत नयाँ प्रसारण लाइन र सबस्टेसनसहित २२० किलोभोल्ट र १३२ किलोभोल्ट प्रसारण पूर्वाधार विस्तार, मध्यम भोल्टेज वितरण सञ्जालको आधुनिकीकरण र ग्रिड संरक्षण प्रणालीको स्तरोन्नति गर्ने बैङ्कले जनाएको छ ।