बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा ‘नेपाली हाउस’ निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले ‘ १४ औँ नेपाल फेस्टिवल’को आयोजना हुने भएको छ । जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहु सांस्कृतिक केन्द्रको निर्माण यस वर्षको नेपाल फेस्टिवलको मुख्य उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।
आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिक टोकियोको नाकानो सिकिनोमोरी पार्कमा हुने फेस्टिवलको आयोजकमा एनआरएनए जापानसहित नेपाली दुतावास टोकियो र नेपाल आदिवासी जनजाती महासंघ जापान रहेका छन् ।
फेस्टिवलमा सिंगो नेपाल चिनाउने उद्देश्यले फोटो तथा डकुमेन्ट्री प्रर्दशन गरिने एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा फोटो तथा डकुमेन्ट्री प्रर्दशनको तयारी गरिएको एनआरएनएले जनाएको छ ।
‘फोटो तथा भिडियो प्रर्दशर्नी मार्फत् विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मभूमि नेपाल भनेर जापानीज नागरिकलाई नेपाल चिनाउने प्रयास गर्ने छौँ । जसले देशको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्छ’ निउरेले भने । एनआरएनए जापानले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल फेस्टिवलमा नेपाली, जापानीसहित विभिन्न देशका नागरिकको सहभागिता रहँदै आएको छ ।
फेस्टिवलको आर्कषण नेपालको हिमालदेखि तराईसम्मका विभिन्न जातजातीको भेषभुषासहित झाँकी प्रस्तुती, लोक भजन, पञ्चेबाजाको प्रस्तुति रहने जनाइएको छ । साथै नेपालको परम्परा, धर्म र संस्कृति झल्कने घरको निर्माण गर्ने अध्यक्ष निउरेले बताए ।
फेस्टिवलमा ४० वटा व्यापारीक स्टल रहने छन् । जसमा १२ वटा नेपाली खानाको र अन्य व्यापपारीक तथा आयोजकको प्रयोजिनका लागि रहने छन् । फेस्टिवल तयारीको अन्तिम चरणमा रहेको एनआरएनए जापानले जनाएको छ । फेस्टिवलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुने छ ।
फेस्टिवलको अनुमानित खर्च १ करोड ४० लाख येन रहेको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी दिए । फेस्टिवलमा दिपओए फाउन्डेसन जापान, पूर्ण ट्रेडीङ, एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन, व्यवसायी राजन भट्टराई, पे एनपिएल नाकम क्रेडिट कार्डले मुख्य आर्थिक सहयोग गरेको एनआरएनए जापानले बताएको छ ।
गैरआवसिय नेपाली संघ एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ ।