बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । गैर आवासीय नेपाली संघ चिबा छेत्रीय समिती जापान र माचुदो नगरको संयुक्त आयोजनमा सम्पन्न भएको माचुदो नेपाल फेस्टिवल चिबाको आय- ब्यय विवरण सार्वजनिक गरिएको छ ।
गत सेप्टेम्बर २२ तारिख आयोजना गरिएको सो फेस्टिवलको आय ब्यय विवरण आईतवार चिबामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
आर्थिक समितिका संयोजक मुक्तिराज रेग्मीले सार्वजनिक गरेको आर्थिक प्रतिबेदन अनुसार सो फेस्टिवलमा ८६ लाख ७९ हजार ८४१ एन आम्दानी भएको छ ।
नेपाल र जापानबीचको ’कल्चर एक्सेन्च’ गर्ने उद्देश्यले आयोजना गरिएको उक्त फेस्टिवलमा ५६ लाख ३८ हजार २४५ एन खर्च भएको आईतवार सार्वजनिक गरिएको आर्थिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
आयोजकका अनुसार उक्त फेस्टिवलबाट ३० लाख ४१ हजार ५९६ एन खुद नाफा भएको र त्यसमध्य ५ लाख २० हजार एन उठ्न बाँकी रहेको छ ।
‘केही रकम अझै उठ्न बाँकी छ, त्यो हामी उठाउछौ’ आर्थिक प्रतिबेदन सार्वजनिक गर्दै आर्थिक संयोजक रेग्मीले भने ’फेस्टिवल सफल पार्न आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्न चाहन्छौ ।’
आफुहरुले सुरुमा ७० प्रतिशत नेपाली र ३० प्रतिशत जापानीज कल्चर प्रस्तुत गर्ने उद्देश्य राखेता पनि पछी ५०/५० प्रस्तुत गर्न सफल भएको सास्कृतिक बिभागका संयोजक रामकृष्ण बम मल्लले जानकारी दिए ।
क्षेत्रिय समितिले सफलतापूर्वक फेस्टिवल सम्पन्न गर्नु आफुहरुका लागि खुशीको कुरा भएको बताउदै गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष रोबिन शेरचनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
चिबा क्षेत्रिय समितिका संयोजक समिर खड्काको अध्यक्षता सम्म्पन्न भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नबिन नियुरे, उपाध्यक्ष सुवास लामिछाने, चिबा क्षेत्रिय समितिका सल्लाहकार राजन भट्टराई, सल्लाहकार भुपीगोबिन्द श्रेष्ठ, मुल आयोजक समितिका संयोजक राजनबाबु सुबेदी, पत्रकार महासंघ जापान शाखाका सदस्य फुर्बा शेर्पा, चिबा क्षेत्रिय समितिका संस्थापक संयोजक विश्व सुबेदी लगायतले फेस्टिवलबाट भएको मुनाफालाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
उप-संयोजक शंकर सुबेदीले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिब मोहन कार्कीले गरेका थिए ।